२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यबच्चाको हातखुट्टा किन दुख्छ ?

बच्चाको हातखुट्टा किन दुख्छ ?


डा.हेमन्त ढुंगाना
अर्थोपेडिक सर्जन, राष्ट्रिय ट्रमा सेन्टर

बच्चाको शरीरको विकासको क्रमसँगै कहिलेकाहीँ बच्चाहरुले हातगोडा दुख्यो भनेर सुनाइरहेका हुन्छन् । यस्ता समस्यालाई मेडिकल भाषामा ‘ग्रोइङ पेन’ (Growing Pain) भनिन्छ । आखिरमा यो समस्या किन हुन्छ ? यो समस्या समाधानका उपाय के—के हुन् त ?

हालसम्म यसको मुख्य कारण पत्ता लागेको छैन । विशेषगरी यो रोग ३ वर्षदेखि १२ वर्षसम्म उमेरका केटाकेटीमा देखा पर्ने गर्दछ । र, धेरै केटीहरुमा पाइन्छ । बच्चामा यो समस्या देखिनुको प्रमुख कारण बच्चाको शरीरमा क्याल्सियमको कमी हो ।

बढ्दो उमेरसँगै क्याल्सियम अपरिहार्य हुन्छ । सामान्य बच्चाभन्दा धेरै खेलकूदमा रुची राख्ने र एक्टीभ बच्चाहरुलाई क्याल्सियमको मात्रा धेरै आवश्यक पर्दछ । ‘ग्रोइङ पेन’को समस्या एक्टीभ बच्चाहरुमा धेरै देखिन्छ । तर, निम्नकारणले गर्दा पनि यो रोग देखा पर्न सक्छ ।

१. प्रोस्ट्युरल समस्याले गर्दा स्कांलीयसीस (Scoliusis) नं—कनी (जस्ता रोगले हड्डी बाङ्गो हुन्छ र शरीरको बनावट बिग्रन्छ । यसले गर्दा ‘ग्रोइङ पेन’को समस्या देखा पर्छ ।

२. मानसिक चिन्ता र नकारात्मक विचारले गर्दा पनि बालबालिकामा यो समस्या देखापर्न सक्छ ।

३. सामान्य बच्चाहरुभन्दा ‘ग्रोइङ पेन’ रोग भएका बच्चामा ‘लोअर पेन थ्रेसहोल्ड’को समस्या बढी भएको पाइन्छ ।

४. भिटामिन डी को कमी पनि ‘ग्रोइङ पेन’को कारणसँग जोडिएको रिसर्चहरुले देखाएका छन् ।

लक्षणहरु के—के हुन् ?

बच्चाको थाई मांसपेशी वरीपरी पिडौंला र घुडा पछाडिको मासुको दुखाई बाहेक अन्य समस्या खासै देखिदैंन् । यो दुखाई रातको समयमा धेरै मात्रामा हुन्छ । बच्चाअनुसार दुखाई धेरै वा थोरै हुने गर्दछ र ‘ग्रोइङ पेन’ सधैंका लागि हुँदैन् । निम्न समस्या आफ्नो बच्चामा देखिएमा डाक्टरकोमा जानु पर्दछ ।
१. एउटा मात्र खुट्टा दुखेमा ।
२. सधैं रात्रीको समयमा दुखाई भएमा ।
३. कम्मरमा दुखाई भएमा ।
४. ज्वरो आएमा ।
५. खान मन नलाग्ने ।
६. कमजोरी अथवा धेरै थकाइ लाग्ने ।
७. कुनै चोट लागेको ठाउँमा लामो समयसम्म दुखाई भएमा ।

‘ग्रोइङ पेन’को म्यानेजमेन्ट

बच्चाहरुमा हुने ‘ग्रोइङ पेन’को समस्या धेरै गम्भीर हुँदैनन् र धेरैजसो बच्चाहरुलाई उपचारको आवश्यकता हुँदैन् । तर, अभिभावकको रुपमा तपाईंले यो कम गर्न सक्नुहुन्छ ।
१. बच्चाको खुट्टा र घुँडालाई नियमित रुपमा मालिस गर्नुहोस् ।
२. दुखाई भएको ठाउँमा हट ब्यागको प्रयोग गर्ने ।
३. डाक्टरको सल्लाह बमोजिम पेन किलर दिन सकिन्छ । तर, केटाकेटीलाई धेरै दिनका लागि दिदा हानिकारक हुनसक्छ ।
४. मसल स्ट्रेचिङ एक्सरसाइजमा बच्चालाई जोड दिनुहोस् ।
५.कस्ता क्रियाकलापले बच्चाको दुखाई बढ्छ ध्यान दिनुहोस् ।
६. बच्चाको बसाइ, हिडाइको पोस्चर (आसन)मा ध्यान दिनुहोस् । लामो समय मोबाइल फोन चलाउने र टिभी हेर्ने काम कम गराउनुहोस् ।
७. आफ्ना बच्चालाई मोरल सपोर्ट गर्नुहोस् र खेल्न तथा कुद्न रोक नलगाउनुहोस् ।


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ