२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यअसुरक्षित गर्भपतनले कस्ता समस्या निम्त्याउँछ ?

असुरक्षित गर्भपतनले कस्ता समस्या निम्त्याउँछ ?


डा. जागेश्वर गौतम, कार्यकारी निर्देशक,
थापाथली प्रसुती गृह
गर्भवती महिलाको २२ हप्ताअघि भ्रुण आफै निक्लेर जाने वा कुनै साधनको प्रयोगले गर्भलाई तुहाउने प्रक्रियालाई गर्भपतन भनिन्छ । पहिलो १२ हप्तासम्मको गर्भपतनलाई सुरक्षित मानिन्छ । र, अर्काे १२ हप्ताको गर्भपतन खतरापूर्ण हुने गर्दछ । गर्भपतनको ब्याख्या देशअनुसार फरक—फरक पाइन्छ । कुनै देशमा २० हप्ताअघिकोलाई गर्भपतन र त्यसपछिको समयलाई डेलिभरी पनि भन्ने गरिन्छ । तर, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २२ हप्ताभन्दा अगाडि भ्रुण खेर गएको वा निकालिएको खण्डमा त्यसलाई गर्भपतन भनिन्छ । २२ हप्तापछिको समयलाई डेलिभरी भनिन्छ ।

सन् २००३ सालमा नै गर्भपतनको मान्यता पाएको नेपालमा सुरक्षित गर्भपतन सेवा सन् २००४ सालदेखि नै उपलब्ध छ । प्रसुती गराउने १ सयभन्दा बढी स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध छ । मेडिकल गर्भपतन सेवा र सर्जिकल विधि रहेकोे यस सेवा अन्र्तगत १२ हप्तासम्मको गर्भपतनलाई महिला अधिकारभित्र सुनिश्चित गरिएको छ ।

यस अर्थमा कुनै पनि महिला गर्भवती भएको १२ हप्तासम्मको अवधिमा उनले चाहेको खण्डमा उनको श्रीमान् वा पार्टनर कसैको सहमति बिना नै उनले गर्भपतन गर्न सक्छिन् । तर, महिलाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाहेक अन्यद्वारा गर्भपतन गराइएको खण्डमा, सूचीकृत भएको संस्थाभन्दा बाहिर गर्भपतन गराइएको अवस्था र मेडिकल साइन्सभन्दा बाहिर गएर गराइएको अवस्थालाई असुरक्षित गर्भपतन सेवा भनिन्छ । र, त्यस्ता असुरक्षित गर्भपतनका कारण महिलामा निम्न समस्या देखा पर्न सक्छः

-पाठेघरमा संक्रमण हुन सक्ने
– लामो समयसम्म इन्फेक्सन हुन सक्ने
-भविष्यमा गर्भ नबस्ने
– रुग्णता बढ्ने
– ज्यानै जाने जोखिम सम्म रहने ।
-गर्भपतनमा ध्यान दिने मुख्य तीन कुराक
– ‘इन्फेक्सन प्रिभेन्सन’ वा संक्रमण हुन नदिने
– ‘एनभीए’ वा बच्चाको शरीरको अंग सफा गर्ने
– परिवार नियोजन सेवा प्रदान गर्ने ।

कुनै पनि गर्भवती महिलालाई माथि उल्लेखित यी सेवाहरु, प्रदान गरिएर उनको गर्भ खाली गराइएको अवस्थालाई सुरक्षित गर्भपतन भनिन्छ । अर्थात् गर्भवती महिलालाई कुनैपनि किसिमको संक्रमण हुन नदिने गरी उनको गर्भपतन गरी भविष्यमा यस्तो अवस्था फेरि पनि नदोहारिउन् भन्ने हेतुका साथ आवश्यक परामर्शसहित सल्लाह तथा सुझाव प्रदान गरिएको अवस्थालाई हामी सुरक्षित गर्भपतन भन्छौं । कुनै पनि महिलाले गर्भपतन गराउन यी विषयहरुलाई मुख्य जोड दिनु पर्दछ । अन्यथा यसको अभावमा महिलाको मृत्यु वा मातृशिशु दुवैको मृत्युसमेत हुन सक्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ