२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यके हो शिशुहरुमा देखिने ‘सुपर जेनीटेलिया’को समस्या ?

के हो शिशुहरुमा देखिने ‘सुपर जेनीटेलिया’को समस्या ?


कुनै पनि आमाले शिशुको स्वस्थ्य जन्मको निम्ति आफ्नो गर्भ तथा आफ्नो उचित ख्याल राखेकी हुन्छिन् । उनीहरु अन्य समयभन्दा गर्भावस्थामा आफ्नो उचित ख्याल राख्ने गर्छन् । तर, तीमध्ये प्रत्येकले जन्म दिएका शिशुमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखा नपर्ने भन्ने हुँदैन् ।

कतिपय शिशुहरुको शारीरिक विकासक्रममा नै विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । त्यस्ता अधिकांश केशहरुमा शिशुको तत्काल अप्रेशन गरिहाल्नुपर्ने अवस्था सिर्जना हुन्छ । तीमध्ये शारीरिक बनावटमा समस्या देखिएको आँखै खुलेका तथा आन्द्रा एक आपसमा जोडिएकाजस्ता समस्याहरुलाई जटिल समस्याको रुपमा लिइन्छ । यहाँ हामी अन्ननली र श्वासनली जोडिएका शिशुको सर्जरी बारे छलफल गर्दैछौं ।

बच्चाको श्वासनली र अन्ननली एक आपसमा जोडिएको अवस्थालाई हामी मेडिकल भाषामा ‘सुपर जेनीटेलिया’ भन्छौं । भर्खरै मात्रै हामीले यस्ता समस्या भएका दुई शिशुको सर्जरी गरेका थियौं । ‘सुपर जेनीटेलिया’ आफैमा एउटा जटिल सर्जरी हो । जन्मेर भर्खरै २ वा ३ दिन भएको सानो शिशु जो जम्मा २ देखि ३ केजीका हुन्छन्, उनीहरुको अप्रेशन गर्नुपर्ने अवस्था यो आफैमा एक चुनौतीपूर्ण रहेको छ । यस्ता अप्रशेनमा अप्रेशनद्वारा शिशुको जोडिएको उक्त श्वासनली र अन्ननलीलाई छुट्याइन्छ ।

तयारीका साथ अप्रेशन गरिएपछि शिशुको निम्ति छुट्टै एक कक्षको आवश्यकता पर्दछ । यस्ता अप्रेशन कुनै पनि एकल चिकित्सक र विशेषज्ञद्वारा सम्भव हुँदैन । यसको निमित्त टिमवर्कको आवश्यकता पर्दछ । अन्र्तराष्ट्रिय तथ्यांकअनुसार करिब ५ देखि १० हजार शिशुमध्ये १ जनालाई यस्तो समस्या देखा पर्ने गरेको छ ।

समस्या देखा पर्नुका मुख्य कारण

कुनै पनि शिशुको भ्रुण अवस्थामा विकास हुने क्रममा विभिन्न ग्रन्थीहरु बन्न थाल्छन् । त्यसबेला नै अन्ननली र श्वासनली अलग्गै एउटा पर्दाबाट छुट्टिनुपर्छ । त्यो पर्दाको विकास नभएको खण्डमा उक्त खाने नली र श्वासनली एक आपसमा जोडिने हुन्छ । प्रायजसो योजनाबिना नै गर्भ बोकेका महिलाहरुको शिशुमा देखापर्ने यस रोगका विभिन्न कारणहरुमध्ये केही कारण यसप्रकार रहेका छन्ः

  • गर्भवती महिलामा कुनै किसिमको समस्या तथा रोग भएमा
  • गर्भवती महिलाले चिकित्सकको सल्लाह बिना नै औषधिको सेवन गरेमा
  • बाहिरी पर्यावरणको प्रभावका कारण
  • धुम्रपान तथा मद्यपान सेवन गर्ने गर्भवती भएमा
  • वातावरण विकिरणका कारण

रोकथाम तथा उपचार

शिशुमा यस्तो समस्या नदेखियोस् भन्नका निमित्त सर्वप्रथम कुनै पनि महिला दम्पतीको योजनाअनुसार गर्भवती हुनु पर्दछ । गर्भवती भइसके पश्चात् नियमित चेक जाँच गराउनु पर्ने अवस्था त छदैंछ, यसबाहेक पनि प्रत्येक महिलाले आफू गर्भवती हुनु अगाडि पनि आफ्नो स्वास्थ्य चेक जाँच गराई सम्बन्धित चिकित्सकसँग आवश्यक परामर्श तथा सर–सल्लाह लिनुु पर्दछ ।

स्वास्थ्य चेकजाँच गराई स्वास्थ्यमा कुनै पनि समस्या देखा नपरेको खण्डमा मात्रै शिशु जन्माउने योजना बनाउनु पर्दछ । सदैव र प्रत्येकलाई हानिकारक मानिने मद्यपान र धुम्रपानजस्ता लागूपदार्थको सेवन गर्भवती महिलाले कुनै पनि अवस्थामा गर्नु हुँदैन । यसैगरी चिकित्सकको सल्लाहबिना कुनै पनि औषधिको सेवन नगरेमा यस्ता समस्या देखा पर्नबाट बच्न सकिन्छ ।

तर, कतिपय अवस्थामा उचित केयर गर्दागर्दै पनि कयौं शिशुहरु यस्ता समस्याको शिकार बन्न पुग्छन् । त्यस्तो अवस्थामा हामीले पहिचान भएका शिशुहरुको तत्काल अप्रेशन गर्नुपर्ने हुन्छ । यस्तो समस्या भएको कुनै पनि शिशुको पहिलो तथा अन्तिम उपचार नै अप्रेशन हो । अन्यथा शिशुको अन्ननली श्वासनलीसँग जोडिने भएकोले शिशुले आमाको दुध समेत खान सक्दैनन् ।

र केही पनि नखाएको अवस्थामा शिशु जिवित रहने सम्भावना रहँदैन् । त्यसैले हामीले शिशुको तत्काल अप्रेशन गरिहाल्नुपर्ने हुन्छ । अप्रेशन गरिसकेपछि पनि अन्य किसिमका समस्या भएका बालवालिकाको विषयमा भने केही भन्न सकिदैन् । तर, यो समस्या मात्रै देखा परेको शिशुको अप्रेशनपछि भने कुनै पनि शिशु आम रुपमा अन्य बालवालिका झै आफ्नो जीवन जीउन सक्षम हुन्छन् ।
प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ