२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यगर्भवती श्रीमती मनमनै श्रीमानबाट राख्छिन् यस्तो अपेक्षा

गर्भवती श्रीमती मनमनै श्रीमानबाट राख्छिन् यस्तो अपेक्षा


गर्भावस्था महिलाहरुको लागि निकै मुश्किल छ, तर यो कुराले प्राय श्रीमानहरुलाई पनि भ्रमित गर्दछ। अर्कोतिर, यदि तपाइको श्रीमती पहिलोपटक गर्भवती भएकी छिन् भने यो अनुभव अझ गाह्रो र तपाइको लागि जटिलताहरु भरिएको हुन्छ।

गर्भावस्थाको समयमा धेरै महिलाहरुको मनमा धेरै कुराहरु चल्ने गर्छ। मनमनै आफ्नो श्रीमानबाट केहि अपेक्षा राख्ने गर्छिन। यदि तपाइकी श्रीमती गर्भवती छिन् भने तपाईकी श्रीमती तपाईबाट के चाहान्छिन जान्न जरुरी छ। ।

हार्मोन गडबडले बढाउँछ समस्या

तपाइले हार्मोन असन्तुलनको बारेमा सुन्नु भएको होला। तर, गर्भवती श्रीमतीका श्रीमानले यो सहि तरिकाले बुझ्न आवश्यक छ। यो समयमा हार्मोनका कारण महिलाहरुलाई चिढचिलो बनाउन सक्छ। र समय समयमा मूड स्विङ्ग पनि हुने गर्छ।

यो सबैका लागि तपाई पहिला नै तयारी हुनु पर्छ। यदि तपाइको गर्भवती श्रीमतीलाई केहि खाने मन लाग्छ र तपाइले त्यो ल्याउनु भएन भने उनी रुन पनि सुरु गर्न सक्छिन। यो उनीहरुको गल्ती हैन, हर्मोनको प्रभाव हो।

तारिफ सुन्ने इच्छा

गर्भावस्था एक महिलाको जीवनको सबैभन्दा गाह्रो कुरा हो। यस समय शरीरको आकार बिल्कुल परिवर्तन हुन्छ। जसले उनीहरु दुखि र चिन्तित महशुस गर्दछन्। श्रीमानले पनि उनीहरुमा लगाव नदेखाउने हो कि भन्ने डर उनीहरुमा हुन्छ। त्यसैले यस समय श्रीमानको साथ् निकै आवश्यक पर्दछ। यस समयमा उनीहरु श्रीमानबाट तारिफ सुन्न मन गर्छन। तारिफबाट उनीहरु श्रीमान अझै पनि आफुलाई सुन्दर देख्ने महशुस गर्छन।

यौन सम्बन्धका लागि दबाव नदिने

डाक्टरहरु भन्छन् कि डिलीभरी भएको ६ महिनासम्म यौन सम्बन्ध राख्नु हुँदैन। तर, कुनै महिलालाई रिकभर हुन् अझै समय लाग्दछ। त्यसकारण यो कुरालाई लिएर उनीहरुलाई दवाव दिन हुँदैन।

थकान

यस बाहेक गर्भवती श्रीमतीको जीवन र समय तालिका बदलिएको कुरा ध्यानमा राख्न पर्ने हुन्छ। उनीहर भित्र एक जीवन बढ्दै छ जसकारण उनी हरेक समय थकित महसुस गर्न सक्छिन। किनकि अब उनीहरुको शरीरले पहिले भन्दा कडा मेहनत गर्नुपरेको हुन्छ ।

उनीहरुलाई निन्द्रा नलाग्ने समस्या पनि आउन सक्छ। त्यसकारण तपाई पनि आफ्नो समय तालिका उनको हिसाबले बनाउनुहोस्।

​बेबीको साइज

महिलाहरु आफ्नो बच्चाको बम्पको आकार बारेमा धेरै सोच्छन्। उनी आफ्नो बच्चा कति ठुलो छ भन्ने बिचार राख्छिन् र उनी यसको बारेमा कुरा गर्न मन पराउँछिन्।

यदि श्रीमान पनि आफ्नो गर्भवती श्रीमतीसँग त्यस्तै उत्साहसँग यस बारेमा कुरा गरेमा उसको खुसी दोब्बर हुन्छ। तपाइको खुसीले उनीहरुको मुटुलाई शान्ति दिनेछ।

-एजेन्सी


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ