२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सरकारले महोत्तरीको बर्दिवासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज विवादमा

सरकारले महोत्तरीको बर्दिवासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज विवादमा


जनकपुर–सरकारले महोत्तरीको बर्दिवासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज निर्माणमा विवाद उत्पन्न भएको छ । वन क्षेत्र विनास गरी कलेज निर्माण गर्न लागेको भन्दै विरोध सुरु भएको हो ।

मिथिला वाईल्डलाइफ ट्रष्ट मिथिला विहारी नगरपालिका–३ धनुषाका अध्यक्ष देवनारायण मण्डलले विज्ञप्ति जारी गरी वन क्षेत्र मासेर कलेज निर्माण नगर्न सरकारलाई सुझाव दिएका छन् । अहिले कलेज निर्माण गर्ने भनिएको ठाउँको विकल्प खोज्न पनि उनले भनेका छन् ।

बर्दिवासमा मेडिकल कलेज निर्माणका लागि माउन्टेन थाउट्स कन्सलटेन्सी प्रा.लि. महालक्ष्मी–१० ललितपुरले तयार पारेको वातावणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा बर्दिवाससँगै जोडिएका पूर्व र दक्षिण भेगमा वन बाहिर पर्याप्त जग्गा उपलब्ध हुँदा पनि सो क्षेत्रका बारेमा चर्चा समेत नगरिएको विज्ञप्तीमा उल्लेख छ ।

‘माईस्थान सामुदायिक वनको ५७ हेक्टर र गढन्ता बर्दिवास साझेदारी वनको ४४ दशमलव ५९ हेक्टर गरी कुल १ सय १ दशमलव ५९ हेक्टर वनक्षेत्र ओगट्ने भनी व्याख्या गरिएको र सो वनक्षेत्रको विनासले बर्दिवासदेखि दश गजासम्मको सम्पूर्ण समुदायलाई प्रतिकूल असर पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, प्रतिवेदन तयारीको चरणमा बर्दिवास नपा ४ र १ का वासिन्दालाई मात्र छलफलमा सहभागी गराउनाले रणनीतिक रुपमा नै वनभित्रै मेडिकल कलेज निर्माण गर्ने सरोकारवालाहरुको कूदृष्टि प्रष्टै देखिन्छ ।’

पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फको वनक्षेत्र विनास गरेर यस प्रदेशका जैविक विविधता नष्ट पार्ने र प्रदेशका दक्षिणी भेगका बासिन्दालाई नारकीय जीवन बिताउन बाध्य पार्ने योजनाको निर्माण प्रक्रिया अगाडि बढाउँदा उपलब्ध विकल्पहरुप्रति गम्भीरतापूर्वक छलफल गरेर अगाडि बढ्न सो संस्थाले आग्रह गरेको छ ।


क्याटेगोरी : प्रदेश २, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ