२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषामा एक साता निषेधाज्ञा थपियो, पर्सामा छैटौं पटक निषेधाज्ञा थप

धनुषामा एक साता निषेधाज्ञा थपियो, पर्सामा छैटौं पटक निषेधाज्ञा थप


धनुषा–कोभिड–१९ संक्रमणका कारण धनुषामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थबारे समीक्षा गर्दै समितिले निषेधाज्ञा पाँचौ पटक थप गरेको छ । यसअघि जेठ १७ गते एक साता निषेधाज्ञाको म्याद थप गरिएको थियो । समितिको बैठकले बिहान ११ बजे सम्म पसलहरु खोल्न पाइने निर्णय पनि गरेको छ ।

अतिआवश्यक प्रयोजनका पसलहरु ११ बजेसम्म खोल्न सक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा भने ५० प्रतशित कर्मचारी उपस्थित भई सेवा सुचारु गर्न सक्ने निर्णयसमेत बैठकबाट भएको छ ।

पर्सामा छैटौं पटक निषेधाज्ञा थप,असार ६ गते सम्म कायम रहने

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले ७ असार राती १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको छ ।

१६ बैशाखदेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी छ । पर्सामा छैठो पटक ६ असारसममका लागि निषेधाज्ञाको अवधि थपिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्लाभर २०७८ जेठ ३० गते राति १२.०० बजेदेखि ६ असार राति १२.०० बजेसम्म लागु हुने गरी निषेधाज्ञा आदेशलाई निरन्तरता दिइएको घिमिरेले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ