२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मुख्यमन्त्री राउतद्वारा सात दिवसीय योग शिविरको उदघाटन

मुख्यमन्त्री राउतद्वारा सात दिवसीय योग शिविरको उदघाटन


धनुषा – मुख्यमन्त्री लालबाबु राउतले सातौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गरेका छन् ।पतान्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको सात दिवसीय योग शिवरको मंगलबार प्रमुख अतिथि मुख्यमन्त्री राउतले आफनै निवास मधेश भवनबाट भर्चुअल प्रविधि मार्फत उदघाटन गरेका हुन् ।

उनले योगलाई जनजनमा पु¥याउन बाबा रामदेवले खेलेको भूमिका एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गरेका छन् । शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्रसम्म पु¥याउनुपर्नेमा उनले जोड दिए ।

उद्घाटन समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वागत मन्तव्य राखेका थिए । पतान्जली योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पतान्जली योग शिविरका पदाधिकारीहरु सहितको उपस्थिति रहेको थियो ।

शिविरमा योगको संचालन समितिका केन्द्रिय प्रभारी लव देव गुरुले गरेका थिए । अन्तराष्ट्रिय योग दिवस अषाढ ७ गते विश्व व्यापीरुपमा मनाइने गरिन्छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ