२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा कोभिड-१९ रोकथाम तथा उपचारका लागि २० करोड विनियोजन

प्रदेश २ मा कोभिड-१९ रोकथाम तथा उपचारका लागि २० करोड विनियोजन


धनुषा –  प्रदेश २ सरकारले कोभिड-१९ रोकथाम तथा उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को राजश्व तथा व्ययको अनुमान सहितको बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरेका हुन्।

उक्त बजेट कोभिडको औषधी उपचार, अक्सिजन, सिलिन्डर, रेमडिसिभर, रिएजेन्ट सहितका सामग्री खरिदका लागि छुट्ट्याइएको मन्त्री यादवले बताए ।

त्यसैगरी, विभिन्न अस्पतालमा मेसिन खरिदका लागि थप रकम छुट्ट्याइएको छ । त्यसबाहेक मिर्गौलाका बिरामीहरूका लागि ३५ थान डाइलाइसिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइने मन्त्री यादवले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ