२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुरमा अक्सिजन उत्पादन सुरु, मुख्यमन्त्री राउतले गरे उद्घाटन

जनकपुरमा अक्सिजन उत्पादन सुरु, मुख्यमन्त्री राउतले गरे उद्घाटन


धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर २३ मा स्थापना गरेको ग्यास प्लान्टको बुधबार  एक समारोहबीच मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन् ।

प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोभिड-१९ माहामारीसँग लड्नका लागि महत्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरु गरेकोमा उद्योगका सञ्चालकहरुलाइ धन्यवाद दिएका थिए ।

राउतले भने जनकपुर क्षेत्रमा अब अक्सिजनको आभाव नहुने विश्वास ब्यक्त गरेका छन् । सात करोडको लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने बताए ।

एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य करिमा बेगम, पुर्ब कृषि मन्त्री हरिनारायण यादव, मुख्य न्यायधिबक्ता दिपेन्द्र झा सहितको सहभागिता रहेका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ