२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २वीरगन्ज महानगर र रेडक्रसबीच रक्तसञ्चार केन्द्र निर्माणका लागि सम्झौता, प्रदेशस्तरको केन्द्र बन्ने

वीरगन्ज महानगर र रेडक्रसबीच रक्तसञ्चार केन्द्र निर्माणका लागि सम्झौता, प्रदेशस्तरको केन्द्र बन्ने


धनुषा—रक्तसंचार केन्द्रको आधुनिक भवन निर्माणका लागि वीरगंज महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । रक्त संचार केन्द्रको संचालक संस्था नेपाल रेडक्रस सोसाइटी पर्सा र वीरगंज महानगरपालिकाबीच सम्झौता भएको छ ।

वीरगन्ज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्न दिने गरी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग सम्झौता गरेको हो । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर २ मालपोत कार्यालय नजिकै रहेको किता नम्बर २१ र ५६ को खाली जग्गा रक्त सञ्चार केन्द्र वीरगन्जको भवन निर्माणका लागि सम्झौता भएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए ।

महानगरपालिकाका प्रमुख सरावगीको उपस्थितमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्रराज कँडेलबीच रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्ने सम्झौता भएको छ ।

वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको गत वर्ष माघ १३ गते भएको निर्णय बमोजिम कित्ता नम्बर २१ र ५६ को खाली जग्गा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखालाई रक्तसञ्चार केन्द्रको भवन स्थापना गरी प्रयोग गर्न उपलब्ध गराएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले बताए ।

सम्झौतामा भवन निर्माण गर्दा वीरगन्ज महानगरपालिकाबाट नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने, भवन निर्माणको लागि लाग्ने खर्च रेडक्रस सोसाइटी आफैले स्रोत जुटाउनुपर्ने, भवन निर्माण गर्दा भुईतल्लाको पूरै भाग सवारी पार्किङ्गको लागि राख्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रदेश २ मा अहिलेसम्म प्रादेशिक रक्त सञ्चार केन्द्रसमेत स्थापना नभएको अवस्थामा निर्माण हुन लागेको रक्तसञ्चार केन्द्रको भवनलाई नै प्रादेशिकस्तरको रक्त सञ्चार केन्द्र बनाउने पहल गरिने र प्रदेश सरकारसँग पनि भवन निर्माणका लागि सहयोग माग गरिएको कँडेलले बताए । रक्तसञ्चार केन्द्रको भवन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्डमा नै ख श्रेणी अन्तर्गतको बनाइने छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ