२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बर्दिवासमा वन मासेर मेडिकल कलेज बन्न दिदैनौंः शर्मा

बर्दिवासमा वन मासेर मेडिकल कलेज बन्न दिदैनौंः शर्मा


धनुषा—महोत्तरीको बर्दिवासमा वन विनास गरेर मेडिकल कजेल कुनै पनि हालतमा निर्माण हुन नदिने राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका केन्द्रीय सदस्य शशी शर्माले बताएका छन् ।

बर्दिवासमा रहेको भपसी खोलासँगै जोडिएको ५४ हेक्टर वनक्षेत्र विनास गरी मेडिकल कलेज निर्माण हुन लागेकोले प्रति आक्रोश पोखेका छन् । धनुषाको ढल्केवरमा ओम प्रकाश दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले जसले जतिसुकै शक्ति लगाएपनि वन मासेर मेडिकल कलेज बन्न नदिने अडानमा रहेको बताए ।

उनले, भने ‘मेडिकल कलेजको नाममा वन माफिय हावी भएको छन् । वन संरक्षण सरोकार क्षेत्रमा कार्यरत अभियन्ताहरुले आवाज उठाउनुपर्छ ।’

कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य रामआशिष यादवले वन विनास गरेर विकास नहुने बताए । उनले हरियो वन जङ्गल फडानी गरेर भौतिक संरचना निर्माण हुनु विकास नभएर विनास भएको बताए ।

यस्तै, वन प्राविधिक समाज प्रदेश २ का महासचिव तथा पर्यावरण अभियन्ता सुरेश शर्माले मेडिकल निर्माणका लागि वन क्षेत्र छोडेर विकल्पको जग्गा रोज्नुपर्ने बताए । उनले भपसी वन मासिए त्योसँगै रम्तेडाँडाको वन र सँगसँगै बर्दिबास–गौशाला मार्गमा पर्ने हजारौं हेक्टर वन विनासको चपेटामा पर्ने निश्चित रहेको जनाए ।

हालैको प्रस्तुत बजेटमा बर्दिवासमा मेडिकल कलेज निर्माणका लागि बजेट विनियोजन भएपछि सरोकारबाला पक्षले भपसी सामुदायिक वन मासेर मेडिकल कलेज निर्माण गर्ने चलखेल सुरु आरोप लगाउँदैं आएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ