२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड-१९ संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालनमा, सांसद यादवले गरे उद्घाटन

कोभिड-१९ संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालनमा, सांसद यादवले गरे उद्घाटन


धनुषा—पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले निःशूल्क एम्बुलेन्स सेवाको उद्घाटन गरेका छन् । पर्सागढी नगरपालिका–५ पंचरुखीले खरिद गरेको एम्बुलेन्सको एक कार्यक्रमका बीच सांसद यादवले उद्घाटन गरेका हुन् ।

कोभिड–१९ संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवाको उद्घाटन गर्दै सांसद यादवले ग्रामीण क्षेत्रका नागरिकलाई वीरगञ्जसहित अन्य ठाउँमा उपचारका लागि जान एम्बुलेन्स उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘कोभिड–१९ को महामारीमा एम्बुलेन्सकै अभावमा धेरैले ज्यान गुमाए । अब यस्तो अवस्था आउन नदिन एम्बुलेन्स सिद्ध हुनेछ ।’

वडा नम्बर ५ ले कोभिड–१९ संक्रमित र शंकास्पदका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरे जस्तै अन्य वडाहरुले पनि सकारात्मक कदमको अनुकरण गर्नुपर्नेमा सांसद यादवले जोड दिए ।

अन्य स्थानीय तहका वडाहरु गाउँपालिकाले देला भन्ने आशमा बसेको बेलामा वडा कार्यालय आफैले पहल गरेर एम्बुलेन्स खरिद गरी सञ्चालन गर्नु सह्रानीय कार्य भएको जनता समाजवादी पार्टीका नेता समेत रहेका यादवले बताए ।

वडा कार्यालयले खरिद गरेको एम्बुलेन्सबाट वडावासी मात्रै नभएर अन्य वडाका बासिन्दाले पनि लाभ लिने वडा नम्बर ५ का वडाअध्यक्ष असलम आलमले बताए । ‘वीरगञ्ज बजारमा मात्रै एम्बुलेन्सहरु केन्द्रीत हुँदा ग्रामीण क्षेत्रका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था थियो । कहिले फोन नलाग्ने, कहिले एम्बुलेन्स खाली नहुने जस्ता समस्याबाट छुटकारा पाउन आफैले पहल गरेर एम्बुलेन्स खरिद गरेका हौं’, आलमले भने ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ