२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीको गौशालामा एक्स-रे मेसिन विग्रिदा सेवा प्रभावित

महोत्तरीको गौशालामा एक्स-रे मेसिन विग्रिदा सेवा प्रभावित


धनुषा – महोत्तरीको गौशाला प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य उपकरण प्रयोगमा आएको एक महिनामै बिग्रिएर प्रयोगविहीन बनेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको एक्स-रे मेसिन सञ्चालन भएको एक महिनामै बिग्रिएर र प्रयोगविहीन हो ।

लामो समयसम्म प्राविधिक अभावमा सञ्चालन नभएको डिजिटल एक्स-रे प्रयोगमा आउन साथ बिग्रिएको उपकरण अझै सञ्चालन हुन सकेको छैन । नयाँ उपकरण खरिद गर्न सक्ने रकम कमिशनको लोभमा मर्मतमै खर्चिदा एक्स-रे चल्न नसकेको गौशाला नगरपालिकामा कार्यरत प्रशासनतर्फका कर्मचारी बताउँछन् ।

एक्स-रे बनाउने प्राविधिकलाई मर्मत गर्न नदिएर गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बाहिरबाट प्राविधिक बोलाइए एक्स-रे मर्मत गराउदा झन काम नलाग्ने भएको कर्मचारीले बताए ।

नयाँ उपकरण खरिदमा कमिशन कम आउने भएका कारण प्रशासकीय अधिकृत थापाले पुरानै उपकरण मर्मतमा बिग्रिदै नबिग्रेको एक्स-रेको पार्ट्स समेत मर्मत र बदलेर तीन लाख ५० हजारभन्दा बढी रकम खर्चेका छन् । तर, पनि उपकरण सञ्चालन हुन सकेको छैन ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ