२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २औषधी व्यवस्था विभागको छड्के अनुगमन, दुई पसलमा सिल अन्यलाई सचेत गराइयो

औषधी व्यवस्था विभागको छड्के अनुगमन, दुई पसलमा सिल अन्यलाई सचेत गराइयो


जनकपुर—धनुषाको सबैला नगरपालिकामा औषधी व्यवस्था विभागले छड्के अनुगमन गरेको छ । दुई दिनदेखि निरन्तर औषधी व्यवस्था विभाग वीरगंज शाखाले अनुगमन गर्दा जिल्लाका औषधी व्यवसायीहरु भागाभाग भएका थिए ।

औषधी पसलहरुको दर्ता, नवीकरण, गैरकानुनी तथा भारतीय बजारबाट ल्याएका औषधीको मुल्य तोकिएको भन्दा चर्को मुल्यमा र नेपाल सरकार औषधी व्यवस्था विभागले अस्वीकृत गरिएका औषधीहरुको किनबेच गरिरहेका पसलहरुलाई रोक्न तथा छानविन गर्न खटिएको टोली सवैला नगरपालिकामा पुग्दा ब्यवसायीहरुको भागाभाग भएका थिए ।

सबैला नगरपालिकामा १ सयभन्दा बढी औषधी पसल तथा निजी क्लिनिक रहेका छन् । जसमध्ये सबैलामा मात्रै दुई दर्जन बढी औषधी व्यबस्यीहरु छन् । अनुगमन टोलीले ७ वटा औषधि पसललाई कारवाही गरेको छ । जसमध्ये जनसेवा क्लिनिक र सुनिता मेडिकल हलमा सिलबन्दी गरिएको छ भने अन्य सबै पसललाई ७ दिनभित्र पसलको कागजात बुझाउने गरी औषधी व्यवस्था विभाग वीरगंज शाखाले पत्र काटेको छ ।

औषधी व्यवस्था विभाग वीरगंज शाखाबाट डा. भाग्यनरायण सिंह, डा.चल्देश्वर यादव र डा. दिपेन्द्र कुमार साहको टोली अनुगमनमा खटिएको छ । अनुगमन टोलीका अनुसार अवैध औषधी विक्रेताहरुलाई स्थानीय सेवाग्राहीले नै सचेत भए मात्र उनीहरुलाई कानुनी रुपमा कारवाही गर्न सक्ने बताए । टोलीले स्वास्थ्यसँग खेलवाड नगर्न, औषधी लिँदा अनिवार्य रसिद लिन तथा पसलको अनिवार्य वोर्ड लगाउन आग्रह गरे ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ