२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २८० लाख बराबरको स्वास्थ्य सामग्री सिरहाको कर्जन्हा नगरलाई सहयोग

८० लाख बराबरको स्वास्थ्य सामग्री सिरहाको कर्जन्हा नगरलाई सहयोग


जनकपुर—कोभिड–१९ रोकथामका लागि सिरहाको कर्जन्हा नगरपालिकालाई गैरसरकारी संस्थाले ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग भएको छ । बिहीबार दलित सरोकार मञ्च सप्तरीले कर्जन्हा नगरपालिकालाई करिब ८० लाख मुल्य बराबरको स्वास्थ्यसँग सम्बन्धित विभिन्न सामाग्रीहरु सहयोग गरेको छ ।

कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासवानले स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रह गरेकाले सोही बमोजिम दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले चुजी फाउनडेसन ताइवानको सहयोगमा अक्सिजन कन्सट्रेटर २० थान, ऐन्टीजेन टेस्ट किट २५ सय, पीपीई सेट ५ सय, ९५माक्स १ हजार पिस, माक्स, ग्लोबस, सेनिटाइजरलगायतका विभिन्न सामाग्रीहरु उपलब्ध गराइएको कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले वताए ।

चुजी फाउण्डेसनले दलित गरिबको नगरपालिका रहेको भन्दै कर्जन्हा नगरपालिकालाई ठूलो मात्रामा राहतका समाग्री र स्वास्थ्य समाग्रीहरु उपलब्ध गराइरहेको निर्देशक भोला पासवानले बताए ।

नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै दलित सरोकार मन्च र चुजी फाउण्डेसनलाई प्रशंसा पत्र दिदै थप सहयोग गर्न नगर प्रमुख पासवानले आग्रह गरे । उनले भने, ‘नगरपालिकामा आएका सम्पूर्ण स्वास्थ्य समाग्री र राहतहरु आम जनसमुदायमा पारदर्शी रुपमा प्रभावकारी ढंगले वितरण हुनेछ ।’


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ