२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सेभ द चिल्ड्रेनद्वारा प्रदेश सरकारलाई ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

सेभ द चिल्ड्रेनद्वारा प्रदेश सरकारलाई ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


जनकपुर–कोभिड–१९ महामारी नियन्त्रणको लागि सेभ द चिल्ड्रेनले प्रदेश सरकारलाई ७३ लाख ५८ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा समाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरमा बालबालिकाहरु प्रभावित हुने अनुमान रहेको हुँदा सेभ द चिल्ड्रेनले सो को पूर्व तयारीका सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा हस्पिटल बेड, डेडबडी व्याग, अक्सिजन कन्सन्ट्रेटर, पीपीई, फेस सिल्ड सेनिटाइजरलगायतका सामाग्रीहरु रहेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ