२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २औरही नगरपालिकामा प्रसुती सेवा केन्द्र संचालन, अन्यत्र जानुपर्ने बाध्यता हट्यो

औरही नगरपालिकामा प्रसुती सेवा केन्द्र संचालन, अन्यत्र जानुपर्ने बाध्यता हट्यो


जनकपुर—महोत्तरीको औरही नगरपालिकामा प्रसुती सेवा केन्द्र (वर्थिङ सेन्टर) संचालन भएको छ । औरही नगरपालिका–१ स्थित स्वास्थ्य चौकी औरहीमा प्रसुती सेवा केन्द्र सञ्चालनमा आएको हो ।

यससँगै प्रसुती गराउनका लागि पालिकाबाट अन्यत्र लैजानुपर्ने बाध्यता हटेको छ ।

नगरपालिकाले प्रसुती सेवा केन्द्रको एक समारोहबीच नगर प्रमुख सुनिलकुमार यादवले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मेयर यादवले अब सुरक्षित प्रसुतीका लागि बाहिर जानैपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले भने, ‘सुरक्षित रुपमा शिशुलाई जन्मदिन प्रसुती सेवा केन्द्रमा आउन तथा समयमा चेकजाँच समेत गराउन आग्रह गरे ।’

कार्यक्रममा स्वास्थ चौकी औरहीमा कार्यरतस्वास्थकर्मी मिना पौडेलले अवकाश पाएकालाई बिदाइ तथा सम्मान गरिएको थियो ।

कार्यक्रमा औरही नगरपालिका निम्ति प्रमुख प्रशासकीय अधिकृत नवीन न्यौपाने, वडा नं. १ का वडाध्यक्ष राजकिशोर चौधरी, स्वास्थ्य संयोजक बालबोध राय यादवलगायत स्वास्थ्य संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ