२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जिउँदैं मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगन्जमा अस्पताल तोडफोड, चिकित्सक र नर्स घाइते

जिउँदैं मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगन्जमा अस्पताल तोडफोड, चिकित्सक र नर्स घाइते


वीरगन्ज—जिउँदैं बिरामीलाई मृतक घोषणा गरेको भन्दैं आक्रोशितले वीरगन्जस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा आक्रमण गरेका छन् । आइतबार दिउँसो २ बजेतिर मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।

अस्पतालमा तोडफोडका क्रममा डा. विजय महतो र नर्सिङ इन्चार्ज बबिता चौधरी घाइते भएको अस्पतालका सञ्चालक रामराज श्रेष्ठले हेल्थआवाजलाई बताए । ‘८०—१०० जनाको आक्रोशित भिडले आक्रमण गर्दा अस्पताल सिसाहरु फुटेका छन्,’ उनले भने, ‘अस्पतालका चिकित्सक डा. विजय महतो र नर्सिङ इन्चार्ज बबिता चौधरी घाइते हुनुभएको छ ।’

सिसा लागेर बिरामीलाई अस्पताल लिएर आएकी एक जना महिला समेत घाइते भएकी उनले बताए ।

अस्पतालमा आक्रमणपछि गएको प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मे परेको थियो । तोडफोड गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । ‘तोडफोडमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेका छौं,’ उनले भने, ‘विस्तृत कुरा अनुसन्धानपछि थाहा होला ।’

प्रहरीले आक्रमणमा संलग्न भएको अभियोगमा राकेश राम, सुरेश राम, अक्षय राम र भीम रामलाई पक्राउ गरेको प्रवक्ता खनालले जानकारी दिए ।

के भएको थियो घटना ?

अस्पतालका सञ्चालक रामराज श्रेष्ठकाअनुसार विहान ९ बजेतिर ३२ वर्षीया बिरामी रमितादेवीलाई अस्पताल ल्याइएको थियो । उनको अस्पाल पुर्याउनुअघि नै मृत्यु भइसकेको श्रेष्ठले बताए ।

अस्पताल पु¥याउँदा चिकित्सकहरूले प्रोटोकलअनुसार उनको चेकजाँच गरेर मृत घोषित गरेका थिए । त्यसपछि उनलाई दाहसंस्कारका लागि लगिएको थियो ।

तर, दाहसंस्कार गर्ने क्रममा मृतकलाई नुहाउँदा मुख चलाएको भन्दैं उनका आफन्त फेरि दिउँसो सवा १ बजेतिर दौडाउँदैं अस्पताल पु¥याएको थिए । अस्पतालले पुनः उनको चेकजाँच गरेको उनले बताए ।

तर, उनी जीवित भएको कुनै संकेत देखिएन ।  ‘तर, उहाँको जीवित भएको कुरा असत्य निस्कियो,’ श्रेष्ठले भने, ‘उहाँहरुलाई मुख चलेको जस्तो भ्रम पर्न गएछ ।’

त्यसपछि दाहसंस्कारका लागि जम्मा भएकाहरु अस्पताल पुगेर जिउँदैं मान्छेलाई मृत घोषित गरेको भन्दैं अस्पतालमा तोडफोड सुरु गरेका थिए । बिरामीको आफन्तले भने अस्पतालले जिउँदैं मान्छेलाई मृत घोषित गरेको आरोप लगाएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ