२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २अर्थोपेडिक संघ मधेश च्याप्टर प्रदेश २ गठन, डा. राजेन्द्रप्रसाद साह अध्यक्ष

अर्थोपेडिक संघ मधेश च्याप्टर प्रदेश २ गठन, डा. राजेन्द्रप्रसाद साह अध्यक्ष


जनकपुर—नेपाल अर्थोपेडिक संघ मधेश च्याप्टर प्रदेश २ गठन भएको छ । २३ साउनमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. रामकेवलप्रसाद साहको सभापतित्वमा सीता प्यालेसमा भएको भेलाले अर्थोपेडिक संघ मधेश च्याप्टर प्रदेश २  गठन गरेको हो ।

भेलाले डा. राजेन्द्रप्रसाद साहको अध्यक्षतामा अर्थोपेडिक मधेश च्याप्टर प्रदेश २ गठन गरेको हो । यस्तै, च्याप्टरको उपाध्यक्षमा डा. अशोक अधिकारी, सचिवमा डा. संगीत झा चयन भएका छन् । यसैगरी, भेलाले कोषाध्यक्षमा डा. शास्वत प्रसाद, सह—सचिवमा डा. सुनिल शाह, सह—कोषाध्यक्षमा डा. दिपेश पटेललाई चयन गरेको छ ।

च्याप्टरका सदस्यहरुमा डा. दिलिप चौरासिया, डा. ओ.पि. चौधरी, डा. शम्भु साह र डा. कुमार सम्भव रहेका छन् ।

च्याप्टरले साइन्टिफिक कमिटी समेत चयन गरेको छ । जसको अध्यक्षमा डा. मनोजप्रसाद गुप्ता रहेका छन् भने सदस्यहरुमा डा. जानेन्द्र झा र डा. रजन झा रहेका छन् ।

भेलामा प्रा.डा. रामकेवल साह, प्रा.डा रमेशप्रसाद सिंह, डा. रतेन्द्रप्रसाद साह, डा. अनिलकुमार मिश्र, डा. अशोक अधिकारी, डा. देवनाथ साह, डा. अभिषेक रंजन, डा. ओमप्रकाश चौधरी, डा. रतीस सिंह, डा. मनोजप्रसाद गुप्ता, डा. कुमार सम्भव, डा. गोपालप्रसाद यादव, डा. शम्भुकुमार साह, डा. रामविक्रम चौधरी, डा. दिपेशकुमार पटेल, डा. सन्जीतकुमार झा, डा. विजयचन्द्र अधिकारी र डा. शाश्वत प्रसाद सहभागी रहेका छन् ।

अध्यक्ष चयन भएका डा. साहले अर्थोपेडिक संघ मधेश च्याप्टर प्रदेश २  ले अर्थोपेडिक चिकित्सकहरुको समस्या र अनुसन्धानका क्षेत्रमा काम गर्ने बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ