२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुर आउन भारतीय नागरिकले नाकामै कोरोना रिपोर्ट पेश गर्नुपर्ने

जनकपुर आउन भारतीय नागरिकले नाकामै कोरोना रिपोर्ट पेश गर्नुपर्ने


जनकपुर—धनुषाको विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकले कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थपन केन्द्र धनुषाको बैठकले सो निर्णय गरेको हो ।

भारतीय नागरिकले ७२ घण्टाभित्र कोभिड–१९ को नेगेटिभ रिपोर्ट र विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम भरी सोको प्रिन्टप्रति साथमा लिएर आएमा मात्र नेपाल प्रवेश गर्न अनुमति दिइने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले वताए ।

उनका अनुसार नेपाल प्रवेशका लागि धनुषाको जनकपुर, जटही, महिनाथपुर, इनर्वा, दुहवी र धनौजी भन्सार कार्यालयलाई तोकिएको छ । उक्त नाकाहरुमा सम्बन्धित स्थानीय तहलाई हेल्थ डेक्स सञ्चालन गर्न अनुरोध गरेको पनि प्रजिअ बतास्तोलाले बताए ।

नेपाल प्रवेश गर्न लागेका कुनै व्यक्तिमा कोभिड–१९ को लक्षण वा चिन्ह देखिएमा तत्काल त्यो व्यक्तिको एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र प्रवेश गर्न दिइनेछ । यस्तै, नेपाल आउने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुले यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ मा भएको मापदण्ड पालना गर्नुपर्छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ