२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुरमै पहिलो पटक काभ्या हस्पिटलले सुरू गर्‍यो न्युरो र ल्याप्रोस्कोपिक सर्जरी सेवा

जनकपुरमै पहिलो पटक काभ्या हस्पिटलले सुरू गर्‍यो न्युरो र ल्याप्रोस्कोपिक सर्जरी सेवा


जनकपुर—जनकपुर क्षेत्रमै पहिलो पटक न्यूरो सर्जरी सेवा र ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु भएको छ । जनकपुरधाममा अत्याधुनिक सुविधासहित सुरु भएको काभ्या हस्पिटलले क्षेत्रमै पहिलो पटक न्यूरो सर्जरी र ल्याप्रोस्कोपी प्रविधीबाट शल्यक्रिया सेवा सुरु भएको अस्पतालका प्रमुख डा. एसके सिंहले बताए ।

उनकाअनुसार न्यूरो सर्जरीमा कन्सल्ट्यान्ट न्यूरो सर्जन डा. हेमन्तकुमार साह, कन्सल्ट्यान्ट ओरल एण्ड म्याजिलो फेसियल सर्जन डा. सौरव कर्ण एनेस्थेसिया एण्ड क्रिटिकल केयर विशेषज्ञ डा. मुकेश गामीको टिम रहेको छ ।

दुर्बिनबाट गरिने स्त्री रोग सम्बन्धि सम्पूर्ण शल्यक्रिया सेवा पनि अस्पतालले पहिलो पटक जनकपुर क्षेत्रमा सुरु गरेको डा. सिंहले जानकारी दिए । उनकाअनुसार ल्याप्रोस्कोपिक गाइनोकोलोजिष्ट एण्ड इनफीनिटी विशेषज्ञ डा. राजन साह, एनेस्थेसिया एण्ड क्रिटिकल केयर विशेषज्ञ डा. मुकेश गामीको टोलीले यो सर्जरी सेवा दिइरहेको छ । पछिल्लो समय कम दुखाइ हुने, २४ घण्टामै बिरामी घर जान सक्ने, काट्नु नपर्ने, चाडै काममा फर्किन सकिने, घाउ नपाक्ने, जटिलता कम हुनेलगायतका कारण ल्याप्रोकोपिक सर्जरी लोकप्रिय बन्दै गएको छ ।

डा. सिंहकाअनुसार काभ्या अस्पताल नै जनकपुरमा न्यूरो सर्जरी सेवा सुरु गरेको थियो । यसअघि युरो सर्जरी, न्यूरो सर्जरी र ल्याप्रोस्कोपिक सर्जरी गर्नका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता छ ।

‘हामीले स्वास्थ्य सेवामा नयाँ र नवीतम प्रविधीमार्फत यो क्षेत्रका नागरिकलाई सेवा दिने प्रयास गरिरहेका छौं,’ डा. सिंहले भने ।

मोफसलमै अत्याधुनिक प्रविधिबाट सबै विशेषज्ञ सेवा दिने उद्देश्यले खुलेको काभ्या स्वास्थ्य मन्त्रालयमा मापदण्डअनुसार खुलेको पहिलो निजी अस्पताल हो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ