२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जानकी मेडिकल कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जानकी मेडिकल कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न


जनकपुर—प्रदेश नं २ रहेको जानकी मेडिकल कलेजमा विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपालको लागि इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरको प्रमुख आतिथ्यमा आयोजना भएको गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा जानकी मेडिकल कलेज र इजरायलका विश्वविद्यालयका विद्यार्थीहरूबीच प्रविधि र संकाय सम्बन्धी ज्ञान आदान—प्रदान समेत भएको छ ।

कार्यक्रममा राजदूत गोल्डवर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापनजस्ता आवश्यक विषयहरूमा ल्याउन सकिने नयाँ प्रयोगको बारेमा चर्चा गरेका थिए । त्यसबाहेक, डाक्टर रामप्रसाद उप्रेतीले लेखेको प्राथमिक उपचार सम्बन्धी किताब पनि उक्त कार्यक्रममा राजदूत हनन गोर्डरको हातबाट विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूको हौसला बढाउन राजदूत गोल्डबर्गरका अलावा सीडीओ बन्धुप्रसाद बाँस्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रसाद पाण्डे र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक डा. रामप्रसाद उप्रेतीको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ