२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नारायणी अस्पतालमा तीन भवनको शिलान्यास, जेरियाट्रिक वार्डको उद्घाटन

नारायणी अस्पतालमा तीन भवनको शिलान्यास, जेरियाट्रिक वार्डको उद्घाटन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले वीरगन्जस्थित नारायणी अस्पतालका तीन वटा नयाँ भवनको शिलान्यास गरेका छन् । ९ फागुनमा मन्त्री खतिवडाले लामो समयदेखि पूर्वाधारको पर्खाइमा रहेको नारायणी अस्पतालमा तीन वटा भवनको शिलान्यास गरेका हुन् ।

एक कार्यक्रमकाबीच मन्त्री खतिवडाले १३ करोड लागतमा निर्माण हुन लागेको कार्डियाक सुपरस्पेसियालियाटी ब्लक शिलान्यास गरेका छन् । यसैगरी, त्यही नजिक ७ करोड लागतमा निर्माण हुन लागेको आकस्मिक भवन र ३ करोड लागतमा बन्ने कोभिड—१९ डेडिकेटेड भवनको शिलान्यास गरेका हुन् । नयाँ निर्माण हुने तीन वटा भवनमध्ये कार्डियाक र आकस्मिक भवनको निर्माण कार्य सुरु भइसकेको छ । कोभिड—१९ डेडिकेटेड भवनको निर्माण छिट्टै सुरु हुने अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए ।

भौतिक पूर्वाधारको चरम अभाव झेलिरहेको नारायणी अस्पतालका लागि तीन वटा भवनको एकै पटक निर्माण सुरु हुने महत्वपूर्ण मानिएको छ ।

सोही अवसरमा मन्त्री खतिवडाले वृद्धवृद्धा लक्षित जेरियाट्रिक वार्डको पनि उद्घाटन गरेका छन् । उक्त अवसरमा मन्तब्य राख्दैं स्वास्थ्यमन्त्री खतिवडाले लामो इतिहास बोकेको नारायणी अस्पताल धेरै जिल्लाको उपचारको थलो भएको बताए ।

‘एक बखत पर्सा, बारा, रौतहट सर्लाही मात्र नभएर मकवानपुरदेखि भरतपुरसम्मका बिरामीहरुको उपचारको थलो थियो,’ उनले भने, ‘विभिन्न कारणले नारायणी अस्पतालको अवस्था खस्केपनि यसलाई विकास गर्दै लैजानुपर्छ ।’ उनले कोभिड—१९ पछि स्वास्थ्यमा सरकारले धेरै लगानी गरिरहेको उल्लेख गरे ।

कार्यक्रमको स्वागत मन्तब्य अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले दिएका थिए भने कार्यक्रमको अध्यक्षता अस्पतालका विकास समितिका अध्यक्ष रहेका थिए ।

प्रवक्ता सिंहले नयाँ भवनहरुको निर्माण पश्चात यस क्षेत्रका बिरामीहरुले सहुलियतमै विशिष्ट सेवा पाउनुका साथै वृद्धवृद्धाका लागि बनाइएको जेरियाट्रिक वार्डबाट पनि सेवा प्रवाह सहज हुने उल्लेख गरे । उनले नारायणीमा पूर्वाधार अभाव पूर्तिका लागि अस्पतालका मेसु प्रधान नेतृत्वको टिमको महत्वपूर्ण भूमिका रहेको बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ