२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश प्रदेशमा अब ‘स्वास्थ्य मन्त्रालय’ पनि रहने

मधेश प्रदेशमा अब ‘स्वास्थ्य मन्त्रालय’ पनि रहने


काठमाडौं—मधेश प्रदेशमा स्वास्थ्य मन्त्रालय पनि रहने भएको छ । मधेश प्रदेश सरकारको क्याबिनेट बैठकले मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरेसँगै स्वास्थ्य मन्त्रालय रहने निश्चित भएको हो ।

तर, मधेश प्रदेश क्याबिनेटले नाम हेरफेर र समायोजनसहित पास गरेको मधेम प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ प्रमाणिकरण हुन बाँकी रहेको छ । यसअघि मधेश प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय थिएन ।

नाम हेरफेर र समायोजनअनुसार अब मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय, गृह मन्त्रालय रहनेछन् ।

यसैगरी, सञ्चार तथा कानुन मन्त्रालय, भूमी व्यवस्था मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय रहनेछन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ