२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २१५ दिन नबित्दैं फेरिए मधेश प्रदेशका स्वास्थ्य सचिव

१५ दिन नबित्दैं फेरिए मधेश प्रदेशका स्वास्थ्य सचिव


काठमाडौं—मधेश प्रदेश सरकारले १५ दिन नबित्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव परिवर्तन गरेको छ । ३ जेठमा मधेश प्रदेश सरकारले १० औं तहका डा. राजीव झालाई निमित्त स्वास्थ्य सचिव नियुक्त गरेको थियो ।

त्यसअघि उनी मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख थिए । डा. झालाई मुख्यमन्त्री सरोजकुमार यादवको रुचिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिव बनाइएको थियो ।

तर, डा. झाले १५ दिन पनि मन्त्रालयमा सचिवको रुपमा काम गर्न नपाउँदैं बिहीबार नयाँ स्वास्थ्य सचिव नियुक्त गरिएको छ । मधेश प्रदेश सरकारले बालरोग विशेषज्ञ डा. प्रमोदकुमार यादवलाई नयाँ स्वास्थ्य सचिवमा नियुक्ति दिएको हो ।

‘आजबाट स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. प्रमोदकुमार यादव नियुक्त हुनुभएको छ,’ मन्त्रालयका प्रवक्ता डा. मुक्तिनारायण साहले भने ।

यसअघि उनी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालका निर्देशक रहेका थिए । उनी ११ औं तहका हुन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ