२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ १५ दिन नबित्दैं फेरिए मधेश प्रदेशका स्वास्थ्य सचिव

१५ दिन नबित्दैं फेरिए मधेश प्रदेशका स्वास्थ्य सचिव


काठमाडौं—मधेश प्रदेश सरकारले १५ दिन नबित्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव परिवर्तन गरेको छ । ३ जेठमा मधेश प्रदेश सरकारले १० औं तहका डा. राजीव झालाई निमित्त स्वास्थ्य सचिव नियुक्त गरेको थियो ।

त्यसअघि उनी मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख थिए । डा. झालाई मुख्यमन्त्री सरोजकुमार यादवको रुचिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिव बनाइएको थियो ।

तर, डा. झाले १५ दिन पनि मन्त्रालयमा सचिवको रुपमा काम गर्न नपाउँदैं बिहीबार नयाँ स्वास्थ्य सचिव नियुक्त गरिएको छ । मधेश प्रदेश सरकारले बालरोग विशेषज्ञ डा. प्रमोदकुमार यादवलाई नयाँ स्वास्थ्य सचिवमा नियुक्ति दिएको हो ।

‘आजबाट स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. प्रमोदकुमार यादव नियुक्त हुनुभएको छ,’ मन्त्रालयका प्रवक्ता डा. मुक्तिनारायण साहले भने ।

यसअघि उनी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालका निर्देशक रहेका थिए । उनी ११ औं तहका हुन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ