२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २६ महिनाभित्र स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने स्वास्थ्यमन्त्री बस्नेतको दावी

६ महिनाभित्र स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने स्वास्थ्यमन्त्री बस्नेतको दावी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने दावी गरेका छन् । बिहीबार धनुषा सपहीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण भएको प्रादेशिक स्वास्थ्य आपत्तकालीन केन्द्र हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा दिनरात लागेर काम गरिरहेकाले भन्दैं उनले सो दावी गरेका हुन् ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका भेदभाव र विकृतिलाई समाप्त पार्दै काम गर्ने मान्छेलाई वातावरण दिनु पर्छ भन्ने मान्यताका साथ मन्त्रालय अघि बढेको उनको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीको योग्यता क्षमता वृद्धिका लागी अन्तर्राष्ट्रियस्तरमा तालिमहरु दिने काम काजहरु भइरहेको भन्दै त्यस्ता तालिममा हुम्लामा बसेर काम गर्ने कर्मचारीले पनि सहभागी भई विदेश भ्रमण गर्न पाउनेजस्ता अवसरहरु मन्त्रालयले प्रदान गर्न लागेको बताए ।

मन्त्री बस्नेतले काम गर्नेलाई पुरस्कार र काम नगर्नेलाई दण्ड हुनुपर्ने मान्यताका साथ मन्त्रालयले मूल्यांकन गरिरहेको उल्लेख गरे । उनले आम नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री बस्नेतले जनसंख्याको हिसाबले बढी जनसंख्या भएको प्रदेश मधेश प्रदेश रहेको कारण जनकपुरधाममा मुटु रोगको सेवा प्रभावकारी बनाउने विषयमा प्रक्रिया अघि बढाइने र यसले मुटु रोगका बिरामीलाई काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य अवस्थालाई सबल र सुदृढ बनाउनका लागि आफू लागि परेको बताए । उनले मधेश प्रदेशको प्रादेशिक सबै अस्पतालमा आजैबाट लागु हुने गरी जनरल वेड निःशुल्क गरिएको बताउँदै प्रदेश सरकार सुलभ रुपमा स्वास्थ्य सेवा दिन चाहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णकुमार यादव, लक्ष्मीनियाँ गाँउपालिकाका अध्यक्ष भोगेन्द्र झा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संघीय सचिव रोशन पोखरेल, स्वास्थ्य अतिरिक्त सचिव संगीता कौशल मिश्र, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजी राव पाण्डव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव प्रमोदकुमार यादव, मधेश प्रदेशका स्वास्थ्य निर्देशक राजीव झा, जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक श्रवण कुमार मिश्रलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ