२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २एक सय ३१  वर्षपछि नारायणी अस्पतालको पहिलो वार्षिकोत्सव 

एक सय ३१  वर्षपछि नारायणी अस्पतालको पहिलो वार्षिकोत्सव 


काठमाडौं– वीरगन्जस्थित नारायणी अस्पतालले पहिलो पटक वार्षिकोत्सव मनाएको छ । शनिवार एक सय ३१ औँ स्थापना दिवसका अवसरमा अस्पतालले पहिलो पटक वार्षिकोत्सव मनाएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको पहिलो वार्षिकोत्सवको उद्घाटन गर्दै ५० शय्याको आकस्मिक भवनसहित  एमआरआई मेसिनको समेत उद्घाटन गरे । उक्त समारोहमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालको स्तरोन्नति गर्ने तथा विशिष्ट श्रेणीको अस्पताल बनाउन पहल गरे ।

स्वास्थ्यमन्त्री बस्नेतले उक्त अस्पतालमा आगामी तीन महिनाभित्र मृगौला प्रत्यारोपण सेन्टरको स्थापना गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी अस्पताललाई चाहिने आवश्यक सामाग्रीहरू उपलब्ध गराउने र जनशक्ति अभाव हुन नदिने समेत उनले बताए ।

अस्पतालले अघिल्लो साताको शनिवारबाट म्याराथन, क्रिकेट, फुटसल, ब्याडमिन्टन, आम रेस्लिङ, तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । वार्षिकोत्सवका अवसरमा १०१ जनाले रक्तदान गरेको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बताए ।

नारायणी अस्पतालका निमित्त मेसु डा. चित रञ्जन साहको अध्यक्षता तथा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा कार्यक्रममा जिल्लाका सङ्घीय संसद् तथा प्रदेश संसद्को सहभागिता रहेको प्रवक्ता सिंहले बताए ।

अस्पतालले हाल ओपिडी, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशाला प्रसूति सेवा, गाइनो, सर्जिकल, मेडिकल, छाला, बाल बहिरङ्ग, इएनटी लगायतका सेवा दिँदै आएको छ । औसतमा दैनिक १ हजार ३०० बिरामीले ओपिडी सेवा र वार्षिक दुई लाखको हाराहारीमा बिरामीले लिइरहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ