२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशगाउँपालिकाले डाक्टर अध्ययनका लागि छात्रवृत्ति अनुदान दिने

गाउँपालिकाले डाक्टर अध्ययनका लागि छात्रवृत्ति अनुदान दिने


चरिकोट—दोलखाको वैतेश्वर गाउँपालिकाले आर्थिक अभावको कारण नाम निकालेर डाक्टर अध्ययन गर्न नसकेका विद्यार्थीलाई छात्रवृत्ति अनुदान दिने भएको छ । आर्थिक अभावकै कारण एमडीजीपी तहको अध्ययनको लागि समस्या भएमा जेहेन्दार, विपन्न र दलित विद्यार्थीलाई छात्रवृत्ति अनुदान दिने निर्णय गरेको हो ।

वैतेश्वर गाउँपालिकाभित्रका स्थायी बसोवास भएको जेहेन्दार र विपन्न परिवारबाट डाक्टर अध्ययनको लागि नाम निकालेर पनि गरिबीकै कारण पढ्न नसकेको विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको गाउँ कार्यपालिका बैठकमा निर्णय भएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । अध्ययन पूरा गरेर फर्केका डाक्टरलाई गाउँपालिकामानै रोजगार दिने समेत निर्णय भएको अध्यक्ष लामाले बताए । हाल गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ ।

त्यस्तै प्राकृतिक प्रकोप तथा आपतकालीन दुर्घटनामा मृत्यु भएकाहरुको शवलाई बोक्नको लागि गाउँपालिकामा शव बाहनको आवश्यकता रहेकोे भन्दै गाउँपालिका अध्यक्ष लामाले सो सवारीको व्यवस्थापन गर्ने निर्णय समेत गरेको जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले यस अघि सुरु गरेका स्वास्थ्य, खानेपानी कार्यलाई पनि पूरा गर्दै लैजाने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलकाअनुसार नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैंकसम्म लिन जान नसक्ने अशक्त, अपाङ्गहरुलाई स्थानीय बैंकसँग समन्वय गरेर घरघरमै पुगेर वितरण गर्ने बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ