२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसुत्केरी प्रोत्साहन भत्ता बाँडदैं सहकारीहरू

सुत्केरी प्रोत्साहन भत्ता बाँडदैं सहकारीहरू


दोलखा–सहकारीहरु आफ्ना शेयर सदस्यहरु सुत्केरी भएमा सुत्केरी भत्ता दिन थालेका छन् । सहकारीको सदस्य भएर बढीमा २ वटा बच्चा जन्माउने सुत्केरी आमाहरुलाई प्रोत्साहन स्वरुप भत्ता दिन थालेका हुुन् ।

महिलाहरु मात्र सदस्य बन्न पाउने उद्धेश्यकासाथ स्थापना गरिएको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.चरिकोटले स्थापनाकालदेखि नै सुत्केरी प्रोत्साहन भत्ता दिदैं आएको छ ।

वि.सं. २०६८ सालमा स्थापना गरिएको यस सहकारीले २०६९ सालदेखि सुत्केरी प्रोत्साहन खर्च स्वरुप एक हजार दिदैं आएको छ । हालसम्म यस सहकारीले ३५० जना जत्तिलाई प्रोत्साहन भत्ता दिइसकेको छ । वार्षिक ४०/५ जना सुत्केरी हुने गरेकाको परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शर्मिला सापकोटाले बताइन् ।

सहकारीले सुत्केरी प्रोत्साहन भत्ताको साथै जटिल रोगका बिरामीहरुलाई पनि सहयोग गर्दै आएको छ । हालसम्म मिर्गौला पीडित, बोर्न क्यान्सरलाई पनि संस्थागत र व्यक्तिगत रुपमै सहयोग गर्दै आएको अध्यक्ष सापकोटाले जानकारी दिइन् । सहकारीको शेयर सदस्यहरु सबै महिलाहरु मात्र भएकाले महिलाहरुसँग सम्बन्धित रोगको उपचार गर्नको लागि सहकारीले पहिलो प्राथमिकता ठानेको छ ।

त्यस्तै, जनहित बहुउद्धेश्यीय सहकारी संस्था लि. चरिकोटले पनि सुत्केरी भेटघाट कार्यक्रम राखी सुत्केरी प्रोहत्साहन भत्ता दिदै आएको छ । गत वर्षदेखि सुरु गरिएको यस कार्यक्रमअन्तर्गत ६ जनाले सुत्केरी भत्ता पाइसकेका छन् । बढीमा दुुई जनासम्म सन्तान जन्माउने आमाहरुलाई एक हजारको दरले सुत्केरी भत्ता दिदैं आएको जनहित बहुुउद्धेश्यीय सहकारी संस्था लि.का अध्यक्ष दिनेश बस्नेतले बताए ।

यसका साथै संस्थाले प्राण घातक रोग उपचारको लागि शेयर सदस्यहरुलाई एक लाख रुपैयाँ बराबरको जीवन बीमा पनि सुरु गर्न थालिएको छ । भावी दिनमा छिट्टै नै शेयर सदस्यहरुलाई उपचार र औषधिमा केही छुटको व्यवस्थाको लागि कुनैपनि अस्पतालसँग सम्झौता गरी स्वास्थ्य सेवामा सहजता ल्याउने जनहित बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेशचन्द्र बस्नेतले बताए ।

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले पनि करिब ५ वर्षअघिदेखि सुत्केरी प्रोत्साहन भत्ता दिदैं आएको छ । सुत्केरी हुने बेला पौष्टिक र खानामा विशेष ध्यान दिनुुपर्ने भएकाले प्रोत्साहन स्वरुप एक हजारको दरले बढीमा दुुई वटासम्म सन्तान जन्माउने आमाहरुलाई दिने गरेको संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताए । वर्षमा लगभग २०/२५ जनालाई नै प्रोत्साहन भत्ता दिदैं आएको उनले जानकारी दिए । सुत्केरी प्रोत्साहन भत्ता दिन थालेपछि शेयर सदस्य बन्नेमा वृद्धि आएको अनुभव उनको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ