२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशजिल्ला कारागार दोलखामा रक्तदान

जिल्ला कारागार दोलखामा रक्तदान


चरिकोट—कैदीबन्दीहरुलाई सामाजिक भावना जागृत गराउनको लागि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोमबार विभिन्न संस्थाहरुको सहकार्यमा जिल्ला कारागार दोलखा चरिकोटमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

चरिकोटस्थित जिल्ला कारागारमा आयोजना गरिएको कार्यक्रममा स्वयंसेवी रक्तदाता ४४ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरीप्रसाद दाहालले जानकारी दिए । कारागारमा १६२ जना कैदीबन्दी रहेका छन् । कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दी गरी ४४ जनाले रक्तदान गरिएको सभापति दाहालले जानकारी दिए ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएका थिए ।

रक्तदानको साथै कैदीबन्दीहरुलाई क्षयरोग सम्बन्धी पनि प्रशिक्षण दिएको नेपाल क्षयरोग निवारण संघ दोलखाका अध्यक्ष हर्कबहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम जिल्ला कारागार दोलखा, नेपाल क्षयरोग निवारण संघ जिल्ला शाखा दोलखा, भीमेश्वर सामुदायिक सिकाइ केन्द्र भीमेश्वर नगरपालिका–२ को आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी दोलखाले वार्षिक क्यालेण्डर तयार पारी विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ । नेपाल रेडक्रस सोसाइटीको यस अभियानकै कारण जिल्लामा हालसम्म रगत अभाव नभएको सभापति दाहालले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ