२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअर्गानिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्न हाटबजार सञ्चालन

अर्गानिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्न हाटबजार सञ्चालन


बुटवल—मानव स्वास्थ्यलाई हितकर हुने अर्गानिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिका—८, चारनम्बरमा हाटबजार सञ्चालनमा आएको छ । योगलक्ष्मी एग्रो प्रालिले तिलोत्तमा नगरपालिकासँगको सार्वजनिक निजी साझेदारी (थ्रीपी) मोडलमा हाटबजार सञ्चालनमा ल्याएको हो ।

निजी जग्गामा सञ्चालित हाटबजारको शनिबार आयोजित कार्यक्रमबीच तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । स्थानीय अर्गानिक कृषि उत्पादनको बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको प्रालिका सञ्चालक दीपेन्द्र अधिकारीले जानकारी दिए । झण्डै एक वर्षदेखि परीक्षणको रुपमा सञ्चालन गरिएको हाटबजार औपचारिक रुपमा शनिबार उद्घाटन गरिएको हो ।

हाल शनिबार र बुधबार लाग्ने हाटबजारलाई समयक्रमसँगै नियमित रुपमा सञ्चालन गरिने उनले बताए । प्रालिले कृषिजन्य सामाग्रीको उत्पादन, संकलन, भण्डारण, प्रशोधन गर्ने लक्ष्य निर्धारण गरेको छ । पहिलो चरणमा हाटबजार सञ्चालनमा ल्याइएकोमा लगानी विस्तारसँगै अन्य पूर्वाधार र सेवा–सुविधा थपिने व्यवस्थापक विष्णुमाया भुसालले बताइन् ।

हाटबजार उद्घाटन कार्यक्रममा नगर प्रमुख घिमिरेले अर्गानिक कृषि उत्पादनको बजारीकरणमा हाटबजारले टेवा पु¥याउने उल्लेख गर्दै बिक्री गरिने वस्तुको गुणस्तरलाई ख्याल गर्न आग्रह गरे । हाटबजारमा व्यवसायीले गरेको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी व्यवसायीको नै हुने भन्दै उनले शुन्य पोलिथिन अभियानको मर्मअनुसार फोहोर व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

नेकपाका युवा नेता यज्ञ गैरेले समाजलाई पनि फाइदा पुग्नेगरी हाटबजार सञ्चालन गरेकोमा कम्पनी सञ्चालकप्रति आभार व्यक्त गर्दै हाटबजारले चार नम्बरलाई थप गुल्जार बनाउने विश्वास व्यक्त गरे । वडाध्यक्ष कृष्णप्रसाद पौडेलले हाटबजारले उपभोक्ता र बिक्रेता दुवैलाई लाभ पु¥याएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय, राममणि क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मालगायतले बोलेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ