२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमुटु अस्पतालद्वारा आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स सञ्चालन

मुटु अस्पतालद्वारा आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स सञ्चालन


बुटवल—बुटवलमा पहिलो पटक आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले एम्वुलेन्स सञ्चालनमा ल्याएको हो ।

एम्बुलेन्सको प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमबार शुभारम्भ गरे । मन्त्री बरालले एम्बुलेन्स सञ्चालनले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनले अहिले पनि स्वास्थ्य सेवा गरिबकोे पहुँचमा नभएको चर्चा गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी प्रादेशिक अस्पताललाई आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स दिन गत वर्ष बजेट विनियोजन गरेपनि अस्पतालले खरिद गर्न नसक्दा बजेट फ्रिज भएको बताए ।

अस्पतालका अध्यक्ष एजाज आलमले दिगो रुपमा एम्बुलेन्स सञ्चालन गर्ने बताए । उनले भेन्टिलेटर प्रयोग गर्ने बिरामीसँग चिकित्सक साथमा रहने र भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहने बताए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा सेवा लिएर काठमाडौं गए बापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजाँदा २५ हजार रुपैयाँ भाडा कायम गरिएको अस्पतालले जानका


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ