२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना पूर्व तयारी : प्रदेश ५ सरकारद्वारा लगानी सम्मेलन स्थगित

कोरोना पूर्व तयारी : प्रदेश ५ सरकारद्वारा लगानी सम्मेलन स्थगित


रुपन्देही—कोरोना भाइरसको जोखिको कारण प्रदेश ५ सरकारले बैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गरिएको छ । सोमबार बसेको प्रदेश मन्त्रपरिषद् बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

बैठकपछि उनले सम्मेलनको मिति र अन्य विभिन्न तयारी गरेको भएपनि कोरोनाको त्रासले रोक्नुपरेको उनले बताए । ‘सम्मेलनमा बाहिरी मुलुकका ब्यक्तिहरु पनि आउनुपर्ने हुन्छ, त्यहि भएर हामीले रोक्ने निर्णय ग¥यौं,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब कहिले गर्ने भन्ने अहिले नै भन्न सकिदैन् । कोरोनाको संसारभर प्रभाव कस्तो हुन्छ्, त्यहिअनुसार उपयुक्त समय मिलाएर पुनः मिति तोकिन्छ ।’

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको छ । सोही कारण उच्च सतर्कता अपनाउन थालिएको हो । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना अहिले विश्वका ५० भन्दा बढी देशमा पुगिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले मेला तथा भिडभाड नगर्ने निर्देशन दिएअनुरुप प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि बन्द गर्ने निर्णय भएको प्रवक्ता मन्त्री चौधरीले जानकारी दिए । केन्द्र सरकारले कोरोनाबाट बच्नको लागि प्रयासहरु थालनी गरेको बताउँदै नेपालमा त्रास नभएपनि संयमता आपनाउन लागेको उनको भनाइ छ ।

महाअधिवेसनलगायतका कार्यक्रमहरु नरोकिने बताउँदै प्रवक्ता चौधरीले महोत्सवमा आउने सबैको जानकारी राख्न नसकिने भएकोले रोक्ने निर्णय गरेको उनले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ