२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश१ करोड ११ लाख रुपैयाँमा बनेको सर्पदंश उपचार केन्द्र संचालन

१ करोड ११ लाख रुपैयाँमा बनेको सर्पदंश उपचार केन्द्र संचालन


बुटवल—रुपन्देहीको सैनामैना नगरपालिका—११ स्थित वनकट्टीमा बुधबारदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । उक्त उपचार केन्द्रको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले शुभारम्भ गरे । उपचार केन्द्रमा दक्ष जनशक्ति व्यवस्थापनका लागि संघीय मन्त्रालयबाट दरबन्दी स्वीकृत गराई सकिएको प्रमुख कार्कीले बताए ।

करिब १४ कठ्ठा जग्गामा १ करोड ११ लाख रुपैयाँको लागतमा सञ्चालन भएको उपचार केन्द्रमा बिरामीको उपचार गर्न नेपाली सेनाको सहयोगमा एक र संघीय स्वास्थ्य मन्त्रालयबाट एक गरी दुई विशेषज्ञ चिकित्सक रहने छन् । सो उपचार केन्द्रको भवनको माथिल्लो तलामा सर्पदंश उपचार केन्द्र र तल्लो तलामा स्वास्थ्य चौकी रहने सैनामैना नगरपालिका—१० का अध्यक्ष लोकनारायण थापाले जानकारी दिए ।

उपचार केन्द्रबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पासम्मका जनता लाभान्वित हुने केन्द्रका व्यवस्थापन समिति अध्यक्ष मीनप्रसाद घिमिरेले बताए । सर्पदंश उपचार केन्द्र निर्माणका लागि २०७२ सालमा श्रीमद् भागवत महायज्ञसमेत आयोजना गरी ६९ लाख रुपैयाँ भएको थियो । उपचार केन्द्रको भवन बनाउन सैनामैना नगरपालिकाले २९ लाख ५५ हजार रुपैयाँ, स्थानीय नरिश्वर पाण्डेले ३ लाख रुपैयाँ, कञ्चन गाउँपालिकाले ९८ हजार रुपैयाँ, गैडहवा गाउँपालिकाले १ लाख रुपैयाँ र भूपू सैनिक सालझण्डीले ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

भवन निर्माणमा नेपाली सेनाको कालीदत्त गुल्मका सैनिकले श्रमदान गरेका थिए । निर्माण वि.सं. २०७५ फागुनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सैनामैनामा यसअघि नै पदमपाणि प्राकृतिक तथा योग चिकित्सालय सञ्चालनमा आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ