२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देही व्यापार संघद्वारा विद्यालयमा माक्स तथा साबुन वितरण

रुपन्देही व्यापार संघद्वारा विद्यालयमा माक्स तथा साबुन वितरण


बुटवल—रुपन्देही व्यापार संघले कोरोना भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।यसैक्रममा संघले सोमबार बुटवलका दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक—शिक्षिकाहरुलाई माक्स तथा सावुन वितरण गरेको छ ।

संघ अन्तर्गतको वस्तुगत समिति कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको आयोजनामा भएको सो कार्यक्रममा दुई विद्यालयका करिव १२ सय विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुलाई माक्स तथा सावुन वितरण गरिएको थियो । बुटवल उपमहानगरपालिका—१ मा रहेका सरस्वती मा.वि. र बुटवल माविमा सो कार्यक्रम गरिएको थियो । संघकातर्फबाट सबै विद्यार्थी तथा शिक्षक—शिक्षिकाहरुलाई माक्स तथा सावुन प्रदान गर्दै कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा सचेत गराइएको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष यमलाल लोहनीले कोरोनाबाट आंतकित भएर होइन कि त्यसबाट सचेत हुँदै सावधानी अपनाउन आग्रह गरे । उनले साना बालवालिकाहरुको जीवन रक्षाका लागि संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले विद्यालयलाई केन्द्रमा राखेर कार्यक्रम गरेको जानकारी गराए ।

सरस्वती निमावि र बुटवल माविमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि माक्स तथा साबुन वितरण गर्दै सचेत हुन आग्रह गरिएको थियो । कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक अखतरमुल्लाहा खा, सरस्वती निमाविका प्रधानाध्यपक तुलसीराम भण्डारीलगायत बोलेका थिए ।

कार्यक्रम कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिका संयोजक नियामत अलीको अध्यक्षता, सहसंयोजक गोकुल ज्ञवालीको स्वागत तथा सचिव विजय सुवेदीको सञ्चालनमा भएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ