२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशयुसीएमएस अस्पतालको ओपिडी सेवा सुचारु, चिकित्सकको आन्दोलन अझै जारी

युसीएमएस अस्पतालको ओपिडी सेवा सुचारु, चिकित्सकको आन्दोलन अझै जारी


बुटवल—चिकित्सकमाथि हातपात भएको भन्दै बन्द गरिएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) अस्पतालको ओपीडी सेवा सुचारु गरिएको छ । ओपिडी सेवा सुचारु गरेपनि चिकित्सकहरुले कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

अस्पतालमा गत शुक्रवार राति ब्रेन ह्यामरेज भएर उपचार गर्न आएकी नवलपरासी बर्दघाटकी ५० वर्षीया यमकुमारी राना बुढामगरको उपचारको क्रममा मृत्यु भएको थियो ।

डाक्टरको लापरवाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्त र अस्पतालबीच विवाद चुलिएको थियो । बुढामगरको मृत्युपछि सोमवार बिहान अज्ञात व्यक्तिहरु आईसीयुमा प्रवेश गरी अस्पतालका आवासीय चिकित्सक अर्चन घिमिरेलाई हातपात गरेका थिए ।

करिब १० जनाको संख्यामा रहेका उक्त समूहले कलेज अगाडि भेटिएका थप चिकित्सकहरुमाथि समेत आक्रमण गरेको बताइएको छ । आक्रमणपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको थियो । चिकित्सकहरुले आक्रमण गर्नेमाथि कारवाहीको माग गर्दै ओपीडी सेवा बन्द गरेका थिए । .

नेपाल चिकित्सक संघले कारवाहीको माग गर्दै स्थानीय प्रशासनमा ध्यानआकर्षण गराएपछि प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिन आग्रह गरेको चिकित्सक संघ लुम्बिनी शाखाका महासचिव डा. सन्तोष पोखरेलले जानकारी दिए । उनकाअनुसार रेजिडेन्ट डाक्टरहरु भने अझै काममा फर्किएका छैनन् । रेजिडेन्ट र इन्टर्न चिकित्सकहरुले भने आफ्ना मागहरु पूरा भएसम्म काम सुरु नगर्ने र पेन डाउनको घोषणा गरेका छन् ।

यस्तै, युसिएमएस विद्यार्थी वेलफेयर कमिटीले पनि चिकित्सकमाथि कुटपिटको घटनालाई अस्पताल प्रशासनले संवेदनशीलताका साथ नलिएको बताउँदैं उक्त घटनाको भत्र्सना गरेको छ । कमिटीले उक्त घटनाका दोषीहरुलाई तत्काल कारवाही गर्न माग गरेको छ । साथै, उसले आफ्ना मागहरु पूरा नभएसम्म युसीएमएसका आवासीय चिकित्सक र इन्टर्न कुनै पनि काममा संलग्न नहुने जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ