२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ का तीन जिल्लामा आईसोलेशन अस्पताल सञ्चालन

प्रदेश ५ का तीन जिल्लामा आईसोलेशन अस्पताल सञ्चालन


बुटवल – प्रदेश ५ सरकारको निर्णय अनुसार सामाजिक विकास मन्त्रालयले  तिन जिल्लामा आईसोलेशन अस्पतालको व्यवस्थापन गरेको छ । रुपन्देहीको वुटवल धागो कारखाना,  भैरहवा भिम अस्पताल, दाङ्गको वेलझुण्डी स्थित केन्द्रिय आयुर्वेद विद्यापिठ भवन, बाँकेको खजुरा स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा आईसोलेशन अस्पताल सञ्चालन भएका हुन् । भीम अस्पताललाई कोरोना विशेष आइसोलेशन अस्पतालको रुपमा सञ्चालन गरिएको छ ।

 उक्त अस्पतालमा आईसियु सहितको ३० वेड रहेका छन् । प्रदेशको मन्त्रिपरिषदको वैठकले सामाजिक विकास मन्त्रालय मन्त्री सुदर्शन बराललाई उक्त अस्पतालमा जिम्मेवारी तोकेको थियो ।  प्रदेश सरकारले नोभल कोरोना भाइरस नियन्त्रण कोष स्थापना गरेको छ । कोषमा प्रदेश सरकारको तर्फबाट १० करोड रुपैंयाँ जम्मा भएको छ । त्यसैगरी कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने जनाइएको छ ।

नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको छ । जसअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि संयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, सदस्यहरुमा बुटवल उपमहानगरपालिका नगरप्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख,देवदह मेडिकल कलेजका प्रमुख र सदस्यसचिवमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकामेडिकल सुपरिटेण्डेण्ट रहेका छन् ।

भीम अस्पताल, भैरहवाका लागि संयोजक सामाजिक विकास मन्त्री, सदस्यहरुमा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख, युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेजका प्रमुख र सदस्य सचिवमा भिम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रहेका छन् ।

केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक, सदस्यहरुमा घोराही उपमहानगरपालिकाका प्रमुख, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, दाङका प्रमुख जिल्ला अधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, आयुर्वेद अध्ययन संस्थान नेपाल संस्कृत विश्वविद्यालय र सदस्य सचिवमा राप्ती प्रादेशिक अस्पतालका प्रमुख रहेका छन् ।

शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय संयोजक, सदस्यहरुमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख,बाँकेका प्रमुख जिल्ला अधिकारी,खजुरा गाउँपालिकाका अध्यक्ष, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, क्यान्सर अस्पतालका प्रमुख, नेपाल प्रहरी अस्पताल नेपालगञ्जका प्रमुख, नेपालगञ्ज मेडिकल कलेजका प्रमुख र बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव  रहेका छन् ।

समितिले आइसोलेसन अस्पताल व्यवस्थापनको काम गरेका छन् । समितिले अस्पतालको सञ्चालन कार्ययोजना बनाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको सूची तयार गरी जनशक्ति व्यवस्थापन गर्ने र अस्पताल सञ्चालनका क्रममा आवश्यक निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुसंग आवश्यक सहयोग प्राप्त गर्ने काम गर्ने छन् ।

सरकारले हरेक आइसोलेसन अस्पताल निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैंयाका दरले उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी सबै मेडिकल कलेजमा सरकारी छात्रवृतिमा अध्ययन गरेका विद्यार्थीलाई कोरोना विरुद्धको अभियानमा सहभागी गराउने, सबै मेडिकल कलेजले कोरोनाका विरामीलाई अनिवार्य उपचारको व्यवस्था मिलाउने, सार्वजनिक सवारीका साधनलाई जिल्ला भन्दा बाहिर जान रोक लगाउने,स्थानीय तहले बाहिरबाट आएकालाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न लगाउने र आवश्यक परेमा क्वारेन्टाइनको व्यवस्था गर्ने, प्रत्येक वडाले बाहिरबाट आएकाहरुको रेकर्ड राखेर क्वारेन्टाइनमा बस्न अनिवार्य गर्ने, पालिकाभित्र क्वारेन्टाइनको लक्षण देखिए एम्बुलेन्सको व्यवस्था गरी उपचारका लागि तयार गरिएका अस्पतालमा पु¥याउने व्यवस्था गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको  छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ