२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोनाको आशंका गरिएका ३३ वर्षीय युवकको मृत्यु

कोरोनाको आशंका गरिएका ३३ वर्षीय युवकको मृत्यु


बुटवल – बुटवलमा सञ्चालित कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । उनको मृत्युको कारणको बारेमा अस्पतालले केही जनाएको छैन । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

ती युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको अध्यक्ष भट्टराईले जानकारी दिए । चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनको बारेमा प्रेस विज्ञप्ति मार्फत् जानकारी दिने जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ