२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलकडाउन प्रभाव : फोनबाटै परामर्श दिँदै चिकित्सक

लकडाउन प्रभाव : फोनबाटै परामर्श दिँदै चिकित्सक


बुटवल–मुलुकभरका अधिकांश निजी अस्पताल यतिबेला बन्द छन् । अधिकांश चिकित्सकले लकडाउनमा सेवा बन्द गरेका छन् । कोरोना त्रासका कारण ओपिडी सेवा बन्द गरेपछि निजी अस्पताल, क्लिनिकमा कार्यरत कतिपय चिकित्सकले फोनबाट सेवा दिन थालेका छन् । सेवा दिइरहेका कतिपय निजी अस्पतालले पनि अत्यावश्यकबाहेक सामान्य अवस्थामा फोनबाटै स्वास्थ्य सल्लाह दिने व्यवस्था मिलाएका छन् ।

तिलोत्तमास्थित क्रिमसन अस्पतालले लकडाउनको अवस्थामा बिरामीको सहजताका लागि मोबाइलबाटै चिकित्सकीय परामर्शको व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको जोखिम अस्पतालमा क्षेत्रमा सबैभन्दा बढी रहने भएकोले सामान्य बिरामी अस्पतालसम्म आउन नपरोस् भन्ने उद्देश्यले अस्पतालले चौबिसैं घण्टा परामर्श दिनेगरी मोबाइल सेवा उपलब्ध गराएको हो ।

आफ्नो स्वास्थ्य समस्याको बारेमा जो कोहीले ९८५७०४२१९४ मा फोन गरी परामर्श लिनसक्ने अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । उनका अनुसार यो मोबाइलमा सम्पर्क गर्दा आकस्मिक विभागमा कार्यरत चिकित्सकले परामर्श दिनेछन् । अस्पतालमा धेरै जनाको भीडभाड नहोस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

यस्तै हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका नौ जना चिकित्सकले फोनमार्फत परामर्श दिइरहेका छन् । बाल रोग विशेषज्ञ डा. सन्तोष पोखरेल, डा.वसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा. प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा. विनोद बढई, डा. दुर्गा खत्री र डा. अशोक धिताल तथा दन्त चिकित्सक डा. दिपेन्द्र पोखरेलले फोनमार्फत बिरामीलाई परामर्श दिएर उपचारमा सहयोग पु¥याइरहेको संघका अध्यक्ष राजेश ज्ञवालीले जानकारी दिए । नौ जना चिकित्सकको मोबाइल नम्बर संघको फेसबुक पेज (हान रुपन्देही) मा राखिएको र उनीहरुले जुनसुकै बेला बिरामीको फोन रिसिभ गरेर निःशुल्क परामर्श दिने सहमति भएको उनले जनाए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ