२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलकडाउनमा पनि क्रिमसनमा ओपिडी सेवा

लकडाउनमा पनि क्रिमसनमा ओपिडी सेवा


बुटवल – मुलुकभरका अधिकांश निजी अस्पताल यतिबेला बन्द छन् । अधिकांश चिकित्सकले लकडाउन मनाइरहेका छन् । कोरोना त्रासका कारण ओपिडी सेवा बन्द गरेपछि निजी अस्पतालले जनविश्वास गुमाइरहेका छन् । तर रुपन्देहीमा एउटा यस्तो निजी अस्पताल छ । जस्ले लकडाउनमा पनि पूर्ववतः ओपीडी सेवा चलाइरहेको छ ।

विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु स्थानीय स्तरमैं बनाइएको व्यक्तिगत सुरक्षण सामाग्रीको प्रयोग गरी बिरामीको सेवामा जुटिरहेका छन् । अस्पताल प्रशासनले अभावको कारण बजारबाट सुरक्षण सामाग्री खरिद गर्न नसकेपछि प्रदेश सरकारसँग त्यसको व्यवस्थापनमा सघाउन आग्रह गरेको थियो । तर,कतैबाट पनि प्राप्त नभएपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्थानीय स्तरमैं निर्माण गरिएका सुरक्षण सामाग्री प्रयोग गरेका छन् ।

लडकडाउन तथा कोरोना त्रासलाई वेवास्ता गर्दै आजको दिनसम्म सेवा प्रदान गरिएको अस्पतालका मेसु डा. शेखर पोखरेलले जानकारी दिए । उनका अनुसार लकडाउन तथा कोरोना त्रासको कारण अस्पतालमा पहिलेजस्तो भीडभाड नरहेको जनाए । तर जति बिरामी आए पनि उनीहरुको पूर्ववतः स्वास्थ्य परीक्षण भैरहेको उनले स्पष्ट पारे ।

क्रिमसन रुपन्देहीको मध्य भागमा अवस्थित अस्पताल हो । एक सय शैंयाको यस अस्पतालमा अचेल भीडभाड नगरिकन बिरामी जाँच गर्ने व्यवस्था मिलाइएको छ । आकश्मिक सेवामा यहाँ प्रायः रेफर केस आउने गरेको जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । कोरोना संकटको यो बेलामा सरकारले निजी क्षेत्रका अस्पताललाई सुरक्षण सामाग्रीको उपलब्धतामा सहजीकरण गरिदिनु पर्ने अस्पताल सञ्चालक समिति अध्यक्ष चिन्तामणि पाण्डेयले बताए ।

राहत कोषमा तीन लाख ६६ हजार सहयोग

यसैबीच अस्पतालले प्रदेश र स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले प्रदेश नं. ५ सरकार र तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोग गरेको हो ।

अस्पतालले प्रदेश सरकारको कोरोना राहत कोषमा दुई लाख ५५ हजार तथा तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एक लाख एघार हजार सहयोग गरेको अस्पताल सञ्चालक समिति अध्यक्ष चिन्तामणि पाण्डेयले जानकारी दिए । उनका अनुसार सम्बन्धित सरकारको कोषमा रकम जम्मा भैसकेको छ ।

विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले अस्पतालको तर्फबाट सहयोग गरिएको बताउँदै उनले कोरोना संक्रमण रोक्न अस्पतालले पनि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ