२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त


बुटवल – कामकाजमा नखटिने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सक पदमुक्त भएका छन् । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा बिनाजानकारी अस्पताल नआएपछि उनीहरुलाई बर्खास्त गरिएको हो ।

रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नभएकाले उनीहरुलाई पदमुक्त गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा उनीहरुलाई सेवामुक्त गरिएको उनको भनाइ छ । मन्त्री बरालले सार्वजनिक रुपमैं कोरोना संक्रमणको अवस्थामा सरकारले लगाएको काममा नखट्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिँदै आएका थिए । हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका हुन् ।

सामाजिक विकास मन्त्री बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको बताए । संघीय सरकारले समेत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई सुत्केरी, काजकिरिया, विरामी बाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुनेलाई कारवाही गर्ने नीति लिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ