२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश नं. ५ मा कोरोना परीक्षणको गति बढाउन माग

प्रदेश नं. ५ मा कोरोना परीक्षणको गति बढाउन माग


बुटवल – प्रदेश नं. ५ मा कोरोना परीक्षणको गति बढाउन माग गरिएको छ । प्रदेशमा तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला भए पनि परीक्षणको गति सुस्त छ । औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराई कोरोना परीक्षण तीव्र बनाए मात्र यसको संक्रमण रोक्न सकिने बताउँछन् ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार प्रदेश नं. ५ मा ४ हजार २ सय ४० जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश २ मा ५ हजार ६ सय ८७, बाग्मतीमा ५ हजार ५ सय १५, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ को नमूना परीक्षण गरिएको छ । यो परीक्षणको तथ्यांक हेर्दा सबैभन्दा कम परीक्षण प्रदेश नं. ५ मा गरिएको छ ।

रुपन्देहीको दक्षिणी सीमावर्ती भेग कोरोनाको जोखिममा रहेकोले त्यहाँ परीक्षणको दायरा फराकिलो बनाइनुपर्ने सर्जिकल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष विष्णु भण्डारीले बताए ।

यसैबीच रुपन्देहीको कोटहिमाई गाउँपालिका कोरोना भाइरस संक्रमित भेटिएपछि तिलोत्तमा नगरपालिकाले जारी लकडाउनलाई कडाइ गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पास बाहेकका सवारीसाधन नगरभित्र नचलाउने, बिना काममा नरोक्ने र सामग्री खरिद गर्न पसल जाँदा सवारी लिएर जान नपाउने नियम बनाएको छ ।

लकडाउनको कडाइ गर्दै नगरले किरानाका पसलहरु सातामा ३ दिन मात्रै सञ्चालन गर्ने जनाएको छ । सोमबार बुधबार र शुक्रबार हरेक बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै खाद्यान्न तथा किराना पसलहरु सञ्चालन हुनेछन् ।

नगरक्षेत्र बाहिरका तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ बेचबिखन भएको कारबाही गरिने भएको छ । लकडाउनको अवज्ञा भइरहेको गुनासो आएपछि थप नगरपालिकाले लकडाउनलाई थप कडा बनाउने नीति अख्तियार गरेको हो ।

साथै नगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालयहरुलाई नतिजासमेत प्रकाशन नगर्न निर्देशन दिएको छ । यसअघि जारी लकडाउनमै पनि केहि विद्यालयहरुले नतिजा प्रकाशन गरेको भन्दै उनीहरुलाई कारणसहित ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।नगरपालिकाले अत्यावश्यक कामको लागि बाहिर जाँदा सामाजिक दूरी कायम गर्नसमेत पनि नगरबासीमा आग्रह गरेको तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत माधब प्रसाद शर्माद्धारा उल्लेख सुचना प्रकाशित गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ