२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसंक्रमण बढ्दै जाँदा प्रदेश नं. ५ मा किट अभाव, भैरहवामा रोकियो परीक्षण

संक्रमण बढ्दै जाँदा प्रदेश नं. ५ मा किट अभाव, भैरहवामा रोकियो परीक्षण


बुटवल – संक्रमण बढ्दै गए पनि प्रदेश नं. ५ मा किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । भैरहवास्थित प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सामाजिक विकास मन्त्री सुर्दशन बरालले किटको यथोचित व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध गरिएको बताए । भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि पीसीआर टेष्ट रोकिएको छ । रुपन्देहीका कोरोना अस्पतालमा पुगेका शंकास्पद बिरामीलाई परीक्षणविनै फर्काउन थालिएको छ ।

प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले रुपन्देहीका संक्रमित युवाको परिवारका १० जनाको परीक्षणसँगै किट सकिएको जानकारी दिए ।

चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा हालसम्म ३३४ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश नं. ५ मा रहेका भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ स्थित प्रयोगशालामा पनि किट सिमित रहेको जनाइएको छ । प्रदेश ५ का तीनवटा प्रयोगशामा दैनिक सरदर २० जनाको पीसीआर परीक्षण हुने गरेको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संघीय सरकारलाई किट अभावको बारेमा जानकारी गराइसकिएको बताए ।

तीन वटै प्रयोगशालामा आरडीटी किट पनि पर्याप्त छैन । ६५ हजार आरडीटी किट आवश्यक रहे पनि हालसम्म सात हजार मात्र आएको उनले जानकारी दिए । हालसम्म प्रदेशमा पीसीआर र आरडीटी गरी ५ हजार जनामा परीक्षण गरिएको चौधरीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ