२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतनाब व्यवस्थापन गर्न आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी पुगे संक्रमण स्थल

तनाब व्यवस्थापन गर्न आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी पुगे संक्रमण स्थल


कपिलवस्तु – कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरु कोभिड-१९ संक्रमितलाई भेट्न कपिलवस्तको  मायादेवी गाउँपालिकाद्वारा संचालित छत्रपाली तिर्थादेवी माबिस्थित क्वारेन्टाइनमा पुगेका छन् । संक्रमण बढेसँगै त्रासले ग्रस्त क्वारेन्टाइनमा तनाब व्यवस्थापन र मनोबल बढाउन आयुर्वेद तथा बैकल्पिक चिकित्साबाट डा. विजय भुर्तेल, औषधालयका प्रमुख कबिराज रेखा शुक्ला, हरिलाल पाध्य बैध्य, राम कुमारी खडका र खुमा केसी लगायत आयुर्वेद स्वास्थ्यकर्मीको टिम पुगेको हो ।

उक्त आयुर्वेद स्वास्थ्यकर्मी टिमले क्वारेन्टाइन रहेका ६५ जना र स्वास्थ्यकर्मी सुरक्षा कर्मी सहित ७० जनालाई तनाब ब्यबस्थापनको लागि योग तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि आयुर्वेद औषधी आमलको चुर्न, अस्वगन्धा चुर्न स्तनपायी आमाका लागि दुधवर्धक   सधि सतावरी चुर्न र बच्चालाई मालिसको लागि दसमुल तेल वितरण गरेको छ ।

सो  तनाव व्यवस्थापन औषधी वितरण कार्यक्रम माया देवी गाउँपालिकाका अध्यक्ष श्री बबरजङ्ग प्रसाद कुर्मीको अध्यक्षता तथा पकडि आयुर्वेद औषधालयको समन्वयमा संचालन भएको हो। स्वास्थ्यकर्मीको निगरानीमा बसेका सर्वसाधारणको प्रत्यक्ष स्वास्थ्य सेवाको लागि खटिएका स्वास्थ्य सुरक्षाकर्मीमा रोगको कारणभन्दा तनाबको कारण स्वास्थ्य समस्या भएको अबस्थामा  तनाब व्यवस्थापन तथा रोगप्रतिरोधात्म्क औषधी वितरण गर्दा त्यहाँ रहेका सबैले खुसी व्यक्त गरे ।

तनाब ब्यबस्थापनको लागि दैनिक योग अभ्यास गराउनको लागि पकडि आयुर्वेद औषधालयका प्रमुख कबिराज रेखा शुक्लालाई नियमितरूपमा विहान योग अभ्यासको लागि जिम्मेवारी दिइएको डा. बिजय भुर्तेलले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ