२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड—१९ को ‘हटस्पट’ रुपन्देहीमा भारतबाट एकै दिन ८ सय नेपाली ल्याइदैं

कोभिड—१९ को ‘हटस्पट’ रुपन्देहीमा भारतबाट एकै दिन ८ सय नेपाली ल्याइदैं


बुटवल– पछिल्लो समय कोभिड—१९ को ‘हटस्पट’ बनेको रुपन्देहीमा जिल्ला प्रशासन कार्यालयले भारतबाट एकै दिन ८ सय बढीलाइ ल्याउने तयारी गरेको छ । भारतको सुनौली नाकाका विभिन्न क्वारेन्टाइनमा रहेका तथा त्यहाँ अलपत्रहरुलाई नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

भारतमा क्वारेन्टाइनको अवधि पूरा गरेकाहरुलाई नेपाल भित्र्याउन थालिएको हो । भारतमा क्वारेन्टाइनको अवधि पूरा गरेकाहरु समेत वैध तरिकाले नेपाल छिर्न नपाएपछि लुकिछिपी नेपाल आउने गरेका थिए । भारतमा क्वारेन्टाइन बसेका झण्डै ८ सय जनालाई पहिलो चरणमा बुधबार नेपाल ल्याएर क्वारेन्टाइनमैं राखिने प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।

भारतबाट आएकाहरुलाई राख्न रुपन्देहीका स्थानीय तहले आफ्नो क्वारेन्टाइनको क्षमता बढाएका छन् । जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकाले दुई सयका दरले ८ सय जनाको व्यवस्थापन गर्नेछन् । तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले जिल्ला प्रशासनको आग्रह अनुसार क्वारेन्टाइन व्यवस्थापन गरिएको जानकारी दिए ।

उनका अनुसार नेपाल आएकाहरुको पिसिआर परीक्षण गरेर मात्र उनीहरुलाई सम्बन्धित पालिकामा पठाइनेछ । नेपाल–भारत मुख्य सीमा नाका सुनौंलीलगायत दशगजा क्षेत्रमा प्रवासी नेपालीको चाप बढेपछि रुपन्देही प्रशासनले क्वारेन्टाइनस्थल र पिसिआर परीक्षणको व्यवस्था गरेर उनीहरुलाई आफ्नो ठाउँमा पठाउन लागेको हो । भारतले मंगलबाबाट प्रवासी कामदार लक्षित गरेर रेल सेवा सुरु गरेसँगै सीमामा नेपालीहरुको चाप बढ्ने देखिएको छ ।

स्थानीय प्रशासनले पिसिआर किट पर्याप्त ल्याउन प्रदेश सरकारलाई अनुरोध गरेको छ । प्रजिअ पन्थकाअनुसार भारतले रेल सेवा सुरु गरेपछि सीमामा नेपालीको संख्या थपिने निश्चित छ । रुपन्देहीका प्रत्येक पालिकालाई एक हजार जनासम्म अट्ने क्वारेन्टाइनस्थल व्यवस्था गर्न भनिएको पन्थले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ