२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


बुटवल – नोभल कोरोना भाइरस पोजिटिभ देखिएका विरामीको उपचार गर्न शुरु भएको भैरहवाको भीम अस्पताललाई युवा व्यवसायी सुनिल रायमाझीले स्वास्थ्य सामग्री सहयोग स्वरुप प्रदान गरेका छन् ।

होटल निर्वाणाका अध्यक्ष समेत रहेका रायमाझीले स्वास्थ्यकर्मिको प्रयोजनार्थ ५ थान पिपीई, एक हजार थान मास्क, एक थान थर्मगन र ग्लोब्स सहयोग स्वरुप प्रदान गरेका हुन् ।

प्रदेश कोरोना विशेष अस्पतालको रुपमा सन्चालन भएको उक्त अस्पतालमा काम गर्ने स्वास्थयकर्मिको प्रयोजनार्थ आफुले उक्त सामग्री प्रदान गरेको व्यवसायी रायमाझीले बताए । कोरोनाको लागि २८ बेड सन्चालनमा रहेको उक्त अस्पतालमा हाल १९ जना कोरोना पोजिटिभ देखिएका विरामीको उपचार भईरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्ययले बताए ।

रुपन्देही जिल्लाको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल भैरहवालाई कोरोना भाइरस पोजिटिभ देखिएको विरामीलाई उपचार गर्नेगरी कोरोना विशेष अस्पतालको रुपमा सन्चालन गरिएको हो । उक्त अस्पतालमा कोरोना रोग लागेका विरामीको लागि विशेष उपचार कक्ष सन्चालन गरिएको छ । तीनवटा भेन्टिलेटर सहित ५ बेड आईसीयु रहेको उक्त अस्पतालमा ३० जना स्वास्थयकर्मिले सेवा दिईरहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ