२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशक्रिमसन अस्पतालभित्र रहेका औषधी क्रेता र बिरामीका आफन्तलाई होम क्वारेन्टाइन बस्न आग्रह

क्रिमसन अस्पतालभित्र रहेका औषधी क्रेता र बिरामीका आफन्तलाई होम क्वारेन्टाइन बस्न आग्रह


रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालभित्र रहेका औषधि क्रेता, बिरामीका आफन्तलाई होम क्वारेन्टाइन बस्न आग्रह गरी घर पठाएको छ। निमोनिया उपचाररत बिरामीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल सिल गरिएकोले संक्रमित र अन्य उपचाररत बिरामी नजिकका बाहेका ५१ जनालाई अस्पतालबाट पठाइएको नगर प्रमुख बासुदेव घिमिरेद्धारा जानकारीले दिएका हुन् ।

प्रहरीको सहायतामा नगरपालिकाका स्वास्थ्यकर्मीहरुले उनीहरुको व्यक्तिगत विवरण लिएर होमक्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।

अस्पतालमा रहेका संक्रिमत बिरामीका आफन्त, नजिक रहेर काम गरेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी, आइसियुमैं रहेकालगायत २५ जनाको पिसिआर परीक्षणको लागि स्वाव संकलनको काम भइरहेको नगर प्रमुखले जनाए। उनले भने, ‘अस्पतालमा रहेका अन्य व्यक्ति तथा स्वास्थ्यकर्मीको व्यवस्थापनको बारेमा आवश्यक छलफल भैरहेको छ ।’

 सो अस्पतालमा कोरोना पुष्टि भएका गुल्मीका संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। सोमबार उनमा कोरोना पुष्टि भएसँगै अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाईभित्र जान र बाहिरिनमा कडाइ गरिएको थियो।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ