२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदुई सांसदसहित ११ जनाको आरडिटी जाँचमा काेराेना पोजेटिभ

दुई सांसदसहित ११ जनाको आरडिटी जाँचमा काेराेना पोजेटिभ


बुटवल-प्रदेश नम्बर ५ का सांसदसहित ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश सभाको बजेट अधिवेशन सुरु हुनुपूर्व सांसद, कर्मचारी, पत्रकारलगायत सम्बन्धित व्यक्तिमा गरिएको परीक्षणमा सांसद र सुरक्षाकर्मी गरी ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो ।

दुई जना सांसद, २ जना चालक र अन्य कर्मचारीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको र उनीहरुको पिसिआर परीक्षण गरिएको प्रदेशसभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए ।

आरडिटी रिपोर्ट पोजेटिभ आएकाहरु पिसिआर रिपोर्ट नआउँदासम होम क्वारेटाइनमा छन् । ४० जना पत्रकारको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रदेश नंं ५ को बजेट अधिवेशनमा सहभागी हुने सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी तथा पत्रकारसहित ३ सय ९८ जनाको आरडिटी परीक्षण गरिएको हो ।

यता, कपिलवस्तुमा शुक्रबार थपिएका संक्रमित ९ जना मध्ये २ जना पत्रकार रहेको पाइएको छ । थपिएका ९ जनामध्ये २ जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकलपर्सन कुमार थापाले बताए । उनीहरू बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ