२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोरोना विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कोरोना विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


काठमाडौं–बुटवलको कोरोना विशेष अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोभिड-१९ पुष्टि भएको छ ।

सोमबार रुपन्देहीको धागो कारखानामा रहेको कोभिड-१९ अस्पतालमा काम गर्ने हेल्थ असिस्टेन्टलाई कोभिड-१९ पुष्टि भएको प्रादेशिक अस्पताल बुटवल स्रोतले जानकारी दियो ।

संक्रमित स्वास्थ्यकर्मीलाई पाँच नम्बर प्रदेश अस्पतालको स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि व्यवस्था गरिएको आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।

कोरोना विशेष अस्पतालमा काम गर्दा कोभिड-१९ को संक्रमण हुने ती हेल्थ असिस्टेन्ट तेस्रो व्यक्ति हुन् । यसअघि नेपालगञ्जको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र नारायणी अस्पतालकी अर्को नर्सलाइ कोभिड-१९ देखिएको थियो ।

हालसम्म नेपालमा अहिले सम्म २ जना चिकित्सक, ५ जना नर्स, ३ जना अहेव र १ जना फर्मासिष्टलाई कोभिड-१९ संक्रमण भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ