२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कोरोना विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


काठमाडौं–बुटवलको कोरोना विशेष अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोभिड-१९ पुष्टि भएको छ ।

सोमबार रुपन्देहीको धागो कारखानामा रहेको कोभिड-१९ अस्पतालमा काम गर्ने हेल्थ असिस्टेन्टलाई कोभिड-१९ पुष्टि भएको प्रादेशिक अस्पताल बुटवल स्रोतले जानकारी दियो ।

संक्रमित स्वास्थ्यकर्मीलाई पाँच नम्बर प्रदेश अस्पतालको स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि व्यवस्था गरिएको आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।

कोरोना विशेष अस्पतालमा काम गर्दा कोभिड-१९ को संक्रमण हुने ती हेल्थ असिस्टेन्ट तेस्रो व्यक्ति हुन् । यसअघि नेपालगञ्जको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र नारायणी अस्पतालकी अर्को नर्सलाइ कोभिड-१९ देखिएको थियो ।

हालसम्म नेपालमा अहिले सम्म २ जना चिकित्सक, ५ जना नर्स, ३ जना अहेव र १ जना फर्मासिष्टलाई कोभिड-१९ संक्रमण भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ