२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसंक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा

संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा


कपिलवस्तु – कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन दुर्गा देबि प्रा.बिस्थित आइसोलेसनमा पुगेका छन्। मंगलबार आयुर्वेद चिकित्सक डा .बिजय भुर्तेलको नेतृत्वमा उक्त टोली  आइसोलेसनमा पुगेको हो।

सो टोलीले कोरोना पुष्टि भएका संक्रमित र पिसिआर परीक्षण रिपोर्टको प्रतिक्षा गरिरहेकाहरुमा मनोबल बढाउनुको साथै प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि आयुर्वेद औषधीहरु गुडुचि चुर्ण, त्रिकटु चुर्ण, आमलकी चुर्ण अस्वगन्धा चुर्ण वितरण गरेका छन्। उक्त आइसोलेसनमा जम्मा २१ जना उपचाररत छन्।

त्रासमय बनेको उक्त आइसोलेनमा तनाब ब्यबस्थापन तथा रोग प्रतिरोधात्म्क औषधी पाएपछि संक्रमित र संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले खुशी प्रकट गरे। सो आइसोलोसन विठुवा आयुर्वेद औषधालयले दैनिक नियमितरूपमा विहान योग अभ्यास गराउँदै आएको छ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ